default_image

3 years ago

March 29, 2021

केन र माउन्टको गोलमा इंग्ल्यान्डको जित

एजेन्सी – कप्तान ह्यारी केन र मासन माउन्टको गोल मद्दतमा इंग्ल्यान्डले विश्वकप छनोटमा अल्वानियामाथि २–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित गरेको हो । विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो । टिरआना […]

68 views

0 Bookmark

एजेन्सी – कप्तान ह्यारी केन र मासन माउन्टको गोल मद्दतमा इंग्ल्यान्डले विश्वकप छनोटमा अल्वानियामाथि २–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित गरेको हो ।

विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो । टिरआना अल्वानियामा आइतबार राति भएको पाहुना टोली इंग्ल्यान्डले खेलको ३८औं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । उनले लुके साको पासमा गोल गरेका थिए । ६३औं मिनेटमा कप्तान केनको पासमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–० को सहज जित दिलाए ।

जितसँगै समूह ‘आई’ मा इंग्ल्यान्ड २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक भएपनि पोल्यान्ड र हंगेरी दोस्रो र तेस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अल्वानिया चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले एन्डोरालाई तथा हंगेरीले सानमारिनोलाई समान ३–० ले पराजित गरेको थियो । पोल्यान्डको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा कारोल स्विडर्सकीले एक गोल थपे । हंगेरीको जितमा एडाम सजलाई, रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरे ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.