9 years ago
October 18, 2016
हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्।

लिभरपुलको मैदान एनफिल्डमा खेलिएको खेलमा घरेलु टोली खेलमा हावी देखिएपनि गोल भने गर्न सकेन। युनाइटेडका गोलरक्षक डेविड डे हेयले केहि उत्कृष्ट बचाउ गरेपछि युनाइटेडले एक अंक निकालेको हो।
जोसे माउरिन्होको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर युनाइटेडले रक्षात्मक खेल खेलेको थियो। युनाइटेडको इतिहासमै सबेभन्दा कम बल पोसेसेन पनि हिजोकै खेलमा देखियो।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]