default_image

3 years ago

April 5, 2021

रासफोर्ड र ग्रीनवुडको गोलमा म्यानचेस्टरको जित

40 views

0 Bookmark

एजेन्सी – मिडफिल्डरद्धय मार्कुस रासफोर्ड र मासन ग्रीनवुडको गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि २–१ को पूनरागमन जित दर्ता गरेको छ ।

म्याचेस्टरकै पुर्व फरवार्ड ड्यानी वेलवेकको गोल सान्त्वना बन्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औं मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिएको थियो ।

पल पोग्वाको गल्तीको फाइदा उठाउदै ननिल मोउपेले मिलाइदिएको पासमा वेलवेकले आरोन वान बिशाखालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक डिन हेन्डरसनले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्ड वेलवेकले गोल गरेका थिए ।

१–० ले पछि परेको म्यानचेस्टरले त्यसपछि ब्राइटनलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६२औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा आरोना वान बिशाखाको पासमा मासन ग्रीन वुडले गोल गर्न नसक्दा युनाइटेडले अग्रता लिन सकेन । ७०औं मिनेटमा मोउपेले काउन्टर अट्याकमा प्रयास गरेपनि सफल हुन सकेन ।

७६औं मिनेटमा ब्रुनो फर्नान्डेसको लो पावरफुल प्रहारलाई ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजले नियन्त्रणमा लिन नसक्दा जेम्सको पासमा ग्रीनवुडको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८३औं मिनेटमा पल पोग्वाको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि छ । पराजित ब्राइटन ३२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा साउथह्याम्टनले बर्नलेलाई ३–२ ले तथा एस्टन भिल्लाले फुलहमलाई ३–१ ले पराजित गर्दा टोटेनहम न्युक्यासलसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.