default_image

3 years ago

April 6, 2021

जीतपुरसिमरा गोल्डकप अर्को साता सुरु हुने

44 views

0 Bookmark

सुनिल गाउँले, बारा

सिमरा गोल्डकपको एघारौं संस्करण  अर्को साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत ३१ गतेदेखि वैशाख ११ गतेसम्म हुने जानकारी गराएको हो

दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामांकरण गरिएको आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता २० गतेदेखि सुरु हुने भनिएपनि ब्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो । तर हाल सबै तयारी करिब सकिएकाले चैत्र अन्तिमदेखी सुरु गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए । प्रतीयोगिता यसवर्ष साँझका समयमा सञ्चालन हुने छ । त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको उनले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन् ।

पुरस्कार राशीमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । २०७५ माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले ६ लाख  र उपविजेताले तीन लाख हजार प्राप्त गरेका थिए । गतवर्ष भने कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन्  । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । त्यसैगरी अन्य सहयोगीको रुपमा क्याल ग्रुप अफ इण्डष्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, क्लासिक इण्डष्ट्रिज, विश्वकर्मा सिमेन्टल, होटल तथा पर्यटन व्यवसायी संघ बारालगायत रहेका   छन् ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.