default_image

3 years ago

April 7, 2021

सन्तोष र नवयुगको गोलमा पहिलो हाफमा आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्सक्लबविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले १–० ले पछि परेको अवस्थामा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्सक्लबविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले १–० ले पछि परेको अवस्थामा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका हुन् । खेलको पहिलो मिनेटमा नवयुग श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । चौथो मिनेटमा विवेक बस्नेत र कप्तान भरत खवासको वान टु वान पासमा विवेकको प्रहारलाई गोलरक्षक दिनेश महेन्द्रनले बचाए ।

लगत्तै टेक बहादुर बुढाथोकीको क्रसलाई भरत खवास र नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो । १०औं मिनेटमा सन्तोष तामाङको झन्डै ३० यार्ड टाढाको प्रहारलाई श्रीलंकाका गोलरक्षक दिनेश महेन्द्रनले पञ्च गर्दै बचाए । १२औं मिनेटमा कप्तान भरत खवासले गोलरक्षक दिनेशलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइन नजिकैबाट निकोलसले क्लियर गर्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

लगत्तै सन्तोष तामाङको कर्नरमा भरत खवासको हेडरलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २१औं मिनेटमा इभान्स एसान्तेको प्रहारलाई आर्मीका गोलरक्षक दिवश चौधरीले बचाए । २८औं मिनेटमा इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई १–० को अग्रता दिलाए । उनले इसाक एडेभुको पासलाई सदुपयोग गर्दै सहज फिनिस गरेका थिए ।

३४औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासमा भरत अवासले पेनाल्टी बक्स भित्र पाएको सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । ३९औं मिनेटमा टंक बहादुर बस्नेतको क्रसमा भरत खवासको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

४१औं मिनेटमा विकास खवासको थ्रु बललाई विपक्षी खेलाडीले क्लियर गरेको बललाई सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट हाफ भलीमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ४३औं मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.