default_image

3 years ago

April 10, 2021

संकटा पहिलो पटक आहा! रारा च्याम्पियन

36 views

0 Bookmark

विजय नेपाली,पोखरा

संकटा क्लब पहिलो पटक आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । पोखरा रंगशालामा शनिबार अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई टाइब्रेकरमा ४–२ ले हराउँदै ए डिभिजन टोली संकटा च्याम्पियन बनेको हो ।

गोलकिपर राजा बाबु थापाको उत्कृष्ट प्रदर्शबाट संकटाले पेनाल्टी सुटआउटमा निकाल्दै उपाधि उचाल्न सफल भएको हो । टाइब्रेकरमा एआरएका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार एआरएका गोलकिपरले रोके । एआरएका यानिक र रिमले गोल गरे । कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर बचाए ।

निर्धरित ९० मिनेट र थप समय १–१ बराबरीमा टुंगिएपछि टाइब्रेकरमा संकटाले बाजी मारेको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै संकटाले सफलता हासिल गरेको थियो । ग्लोरीको गोलबाट संकटा खेलमा फर्केको थियो । उनले ५२ औं मिनटमा गोल गरेका थिए । त्यस अघि एआरएले ११ औं मिनटमा मौसाको पासमा ज्याक्स बासिकको गोलबाट अग्रता लिएको थियो ।

विजेताले संकटाले उपाधिसहित १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार पुरस्कार प्राप्त गर्यो। सहारा क्लब पोखरामा आयोजित आहा रारा गोल्डकपमा यस पटक ८ टोलीको सहभागिता थियो ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.