default_image

3 years ago

April 14, 2021

जीतपुरसिमरा गोल्डकपमा आर्मीको जित

सुनील गाउँले, बाराविश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबले जित हासिल गरेको छ । आर्मीले बी डिभिजन क्लब वीरगञ्ज युनाईटेडलाई ४–१ ले हराएको छ । पहिलो टोली भारतको बेंगलुरु एफसीसँग एएफसी कपको प्ले अफ खेलिरहँदा आर्मीको अर्को टोलीले सिमरा रंगशालामा वीरगन्जसँग प्रतिस्पर्धा गरेको थियो । आर्मीलाई जित दिलाउन जर्जप्रिन्स कार्कीले […]

65 views

0 Bookmark

सुनील गाउँले, बारा
विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबले जित हासिल गरेको छ । आर्मीले बी डिभिजन क्लब वीरगञ्ज युनाईटेडलाई ४–१ ले हराएको छ ।

पहिलो टोली भारतको बेंगलुरु एफसीसँग एएफसी कपको प्ले अफ खेलिरहँदा आर्मीको अर्को टोलीले सिमरा रंगशालामा वीरगन्जसँग प्रतिस्पर्धा गरेको थियो । आर्मीलाई जित दिलाउन जर्जप्रिन्स कार्कीले २ तथा सन्तोष केसी र सुसान्त चौधरी समान एक गोल गरे ।

खेलको चौधौं मिनटमा सन्तोषको गोलबाट अग्रता लिएको आर्मीले पहिलो हाफमै ३–१ को फराकिलो अन्तर बनायो । घरेलु दर्शकको समर्थन पाएको वीरगञ्जविरुद्ध आक्रामक बनेको आर्मीका लागि ४१ औं मिनटमा जर्ज प्रिन्सले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा सुसान्तको गोलबाट आर्मीले अग्रता फराकिलो पार्दै वीरगञ्जका समर्थकलाई निराश पारे ।

दोश्रो हाफमा सम्हालिन नपाउँदै वीरगञ्जविरुद्ध जर्जप्रिन्सले अर्को गोल थपे । खेलको ४८ औं मिनटमा सुसान्तको क्रसमा जर्ज प्रिन्सले गोल गरेका थिए । ४–० ले पछि परेको वीरगञ्जका लागि खेलको ६१ औं मिनटमा चतुर्धन चौधरीले गोल गरेपनि खेलमा फर्कन सकेन । स्थानीय खेलाडी समेटेर मैदान उत्रिएको वीरगञ्ज आर्मी सामु नीरिह बन्दै प्रतियोगिताबाट बाहिरीयो ।

खेलमा वीरगञ्जले बनाएका केही आकर्षक अवसर आर्मीका गोलरक्षक महेश्वर श्रेष्ठले विफल पारेका थिए । खेलको म्यान अफ दि म्याच आर्मीका जर्जप्रिन्सले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहीबार भरतपुर फुटबल क्लब चितवन र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजक नवजनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.