default_image

3 years ago

April 14, 2021

एपिएफ विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब विराटनगरमा जारी छैठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद मैदानमा बुधबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफले छैठौं संस्करणको उपाधिका लागि संकटा क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको विजेतासँग […]

59 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब विराटनगरमा जारी छैठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद मैदानमा बुधबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

एपिएफले छैठौं संस्करणको उपाधिका लागि संकटा क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपिएफलाई जित दिलाउन सनिश श्रेष्ठ, रवि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपिएफका सनिश श्रेष्ठले गोल गरि टोलीलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो ।

खेलको १५ औं मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रस पासमा कप्तान दिपक राईले डिबक्स एरियादेखि गोल गर्ने सुन्दर अवसर खेर फाले । खेलको २७ औं मिनेटमा २०७२ को विराट गोल्डकपको उपविजेता एपिएफका खेलाडी श्याम नेपालीले गरेको प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिए । गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । पहिलो हाफमा १ –० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफदेखि विराटनगर आक्रमक खेल्यो ।

खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स बक्स नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो । समिरले गोल गरेसँगै खेल बराबारीमा ल्याए । विराटनगरले दोस्रो हाफपछि गोल गरि खेल बराबारी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपिएफका रविले ६७ औं मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्यामले निकालिएको क्रसमा रविले जाली चुमाए ।

दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपिएफले दोस्रो गोल गरेको दुई मिनटे बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेल बराबारीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी बक्सबाट वान टचमा गोल गर्दै खेल बराबारीमा ल्याएका हुन् । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले पेनाल्टी डिबक्स बाट गरेको प्रहार बाहिरदा थप गोल्ने गर्ने अवसर गुमायो ।

९० औं मिनेटको निर्धारित समयसम्म २-२ गोलको खेल बराबारी भएपछि समय ३० मिनेट थपिएको थियो । एपिएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो । खेलको म्यान अफ द म्याच एपिएफका मणि लामा घोषित हुँदै। १० हजार रुपैयाँ पाए ।

बिहीबार आरा रारा गोल्डकपका विजेता संकटा क्लब र भारतको पंजाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । संकटाले एआरएलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा एआरएलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.