default_image

3 years ago

April 17, 2021

फाइनल पुग्न चेल्सी र सिटी भिड्दै

एजेन्सी – एफए कपको पहिलो सेमिफाइनलमा आज राति लन्डन क्लब चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्दैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा पुग्ने दाउमा हुनेछ । टोलीसँग मासन माउन्ट, काई हाभर्टज, मार्काेस अलन्सो, जर्गिन्हो, रिस जेम्स, एङ्गोलो कान्टे, आन्द्रेस क्रिस्टेन्सेन, एन्टेनियो […]

42 views

0 Bookmark

एजेन्सी – एफए कपको पहिलो सेमिफाइनलमा आज राति लन्डन क्लब चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्दैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा पुग्ने दाउमा हुनेछ । टोलीसँग मासन माउन्ट, काई हाभर्टज, मार्काेस अलन्सो, जर्गिन्हो, रिस जेम्स, एङ्गोलो कान्टे, आन्द्रेस क्रिस्टेन्सेन, एन्टेनियो रुडिगर, सिजर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । यस्तै टोलीसँग टिमो वेर्नर, थियागो सिल्भा, क्रिस्टियन पुलिसिस, ओलिभर जिरुउड, हाकिमी जियाच र कलुम हड्सन ओडोइ पनि टोलीमा रहेका छन् ।

यता, प्रिमियर लिगको उपाधिको संघारमा रहेको सिटी पनि चेल्सीलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । टोलीसँग चोटका कारण सर्जियो अगुइरो नरहेपनि फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, केभिन डि ब्रुयन, इल्केए गुन्डोगान, रोड्री, एमेरिक लापोर्टा, रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २९ खेलको नतिजामा सिटी १६ खेलमा विजयी भएको छ । ९ खेल चेल्सीले आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । यि दुई टोलीको पछिल्लो भेटमा सिटी ३–१ ले विजयी भएको थियो । त्यसअघि चेल्सीले २–१ को जित निकालेको थियो ।

चेल्सीले सेफिल्ड युनाइटेडलाई तथा सिटीले एभर्टनलाई समान २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे सेमिफाइनलमा आइतबार राति लेस्टर सिटी र साउथह्याम्टनबीच प्रतिस्पर्धा हुदैछ । लेस्टरले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले तथा साउथह्याम्टनले बर्नमाउथलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.