default_image

3 years ago

April 21, 2021

रड्स कालिका गोल्डकपको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – रड्स क्लब रामपुर प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । युवा जागृती क्लब लोथर, मनहरीलाई बुधबार ३–२ ले पराजित गद्रै रड्स अन्तिम चारमा पुगेको हो । रड्सको जितमा अनिल राना मगरले २ तथा विशाल तामाङले १ गोल गरे । पराजित टोलीका लागि मनिष पौडेल र युवराज ढकालले गोल […]

43 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – रड्स क्लब रामपुर प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । युवा जागृती क्लब लोथर, मनहरीलाई बुधबार ३–२ ले पराजित गद्रै रड्स अन्तिम चारमा पुगेको हो ।

रड्सको जितमा अनिल राना मगरले २ तथा विशाल तामाङले १ गोल गरे । पराजित टोलीका लागि मनिष पौडेल र युवराज ढकालले गोल गरे ।
खेलको २५ औं मिनेटमा विशालले गोल गर्दै रड्सलाई अग्रता दिलाएका थिए । लगत्तै २७ औं मिनेटले अनिलले रड्सको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मनहरीका मनिषले गोल गर्दै अग्रता २–१ मा छोट्टाए ।

दोस्रो हाफको २१ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरेपछि रड्सले ३–१ को अग्रता लियो । दोस्रो हाफकै २६ औं मिनेटमा युवराजले मनहरीका लागि गोल गरे । मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.