default_image

3 years ago

April 21, 2021

एआरए जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनील गाउँले, बारा अफ्रिकन रुट्स एसोसियसन (एआरए) जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ सिमरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा अतिरिक्त समयमा आयोजक नवजनजागृति यूवा क्लब सिमराविरुद्ध जीत निकाल्दै एआरएले पहिलो सहभागितामै फाइनल यात्रा तय ग¥यो । १० खेलाडीमा सिमित बनेको आयोजक विरुद्ध २–१ को जीत निकाल्ने क्रममा एआरएका लागि एन्जीमी र इवोडेले गोल […]

42 views

0 Bookmark

सुनील गाउँले, बारा

अफ्रिकन रुट्स एसोसियसन (एआरए) जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ सिमरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा अतिरिक्त समयमा आयोजक नवजनजागृति यूवा क्लब सिमराविरुद्ध जीत निकाल्दै एआरएले पहिलो सहभागितामै फाइनल यात्रा तय ग¥यो ।

१० खेलाडीमा सिमित बनेको आयोजक विरुद्ध २–१ को जीत निकाल्ने क्रममा एआरएका लागि एन्जीमी र इवोडेले गोल गरे । आयोजक सिमराका लागि सकल रेग्मीले गोल गरेका थिए । तुलनात्मक रुपमा बलियो मानिएको एआरए विरुद्ध घरेलु मैदानमा सकलको गोलबाट सिमराले अग्रता बनाएको थियो ।

खेलको सातौँ मिनेटमा एआरएका ईबोडेले सिमराका डोना थापालाई फाउल गरेपछि पाएको फ्रिकिकको सदुपयोग गर्दै सिमराले पहिलो अग्रता बनाएको थियो । डोना थापाले २५ यार्ड परबाट प्रहार गरेको फ्रिकिकलाई नियन्त्रण गर्ने क्रममा एआरएका गोलरक्षक डिए स्लेभियोको हातबाट रिबाउण्ड भएको बललाई सकलले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा एआरएका एन्जिमीले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । एम्बेलको क्रस बललाई डि बक्सबाहिरबाटै एन्जिमीले गोलमा परिणत गरेका थिए । १–१ को बराबरीपछि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दा सिमरा रङ्गशालामा उपस्थित ५ हजार बढि दर्शक उत्साहित देखिन्थे । ४४ औं मिनटमा सिमरा १० खेलाडीमा सिमित बन्यो । सिमराका अफ्रिकी स्ट्राइकर याओले रेफ्री प्रज्वल क्षेत्रीमाथी अभद्र व्यवहार गरेपछि उनले रातो कार्डको सामना गर्दै मैदान बाट बाहिरिए ।

शारिरिक रुपमा बलिया खेलाडीसंगको प्रतिष्पर्धामा भरोसा गरिएका अफ्रिकी स्ट्राइकर विनाको दोश्रो हाफमा सिमराले १० खेलाडीमै एआरएलाई कडा चुनौती दिए । अतिरिक्त समयको अन्तिम मिनटसम्म बराबरी खेलेको सिमराविरुद्ध थप समयको अन्तिम (३० औं) मिनेटमा इबोडेले गोल गर्दै उपाधि होडमा एआरएको यात्रा सुनिस्चित गरे ।

यसअघि आयोजक सिमराले केहि आकर्षक अवसर गुमाएको थियो । खेलको २३ औं मिनटमा सिमराका सामुएल सुनारको प्रहार क्रसबारबाट बाहिरीयो । सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका सामुएलले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबार माथी गयो । खेलको ५४ औं मिनटमा एलन राइले गरेको प्रहार एआरएका गोलरक्षकले बचाए । रोहन तामाङको क्रसबललाई एलनले डिबक्स भित्रबाट उत्कृष्ट प्रहार गरेका थिए ।

अतिरिक्त समयमा सिमराले अर्को अवसर गुमायो । डोनाले गरेको उत्कृष्ट फ्रिकिक एआरएका गोल रक्षकले बचाए । २५ यार्डबाट डोनाले गरेको प्रहार एआरएका गोलरक्षकले क्रसबारमाथी पञ्च गरे । एआरएले पनि खेलमा बनाएका केहि आकर्षक अवसरहरु गोलमा परिणत हुन सकेन । खेलको ६१ औं मिनटमा एम्बेलको क्रसबलमा एन्जिमीको प्रहार सिमराका गोल रक्षक राहुल यादवले क्लियर गरे ।

८५ औं मिनटमा एआरएका एम्बाकोपको प्रहार क्रसबारबाट रिवाउण्ड भएको थियो जसलाई सिमराका मोहित गुरुङले क्लिएर गर्दै सिमराको संकट टारे । अतिरिक्त समयको १६ औं मिनटमा एआरएका डिजोमोको अर्को प्रहार क्रसबारबाट बाहिरीयो । अतिरिक्त समयको २३ औं मिनटमा इस्मेलको प्रहारलाई सिमराका गोलरक्षकले बचाए । पेनाल्टी एरियामा एन्जिमीले निकालेको उत्कृष्ट पासलाई इस्मेलले प्रहार गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिमराका गोल रक्षक राहुल यादव घोषित भए । उनले पाँच हजार नगद र ट्रफि प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा आहा गोल्डकपको विजेता संकटा र विराट गोल्ड कप च्याम्पियन एपिएफबीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.