default_image

5 years ago

April 26, 2021

अन्जन पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अन्जन विष्ट पेनाल्टीमा चुक्दा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को खेलमा चितवन एफसीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलका अन्जन विष्टले पेनाल्टी चुकाउदा ललितपुर सिटी अग्रता लिनबाट चुकेको थियो । उक्त पेनाल्टीमै चितवन सिटी एफसीका गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ गरेका थिए ।

१०औं मिनेटमा नविन लामाको पासमा बिमल रानाले पेनाल्टी बक्समा प्रहार गर्न ढिलाई गर्दा सिमन्त थापाले क्लियर गर्दै चितवनको खतरा टारे । त्यसमै कमल श्रेष्ठको कर्नरमा पाल्साङ लामाको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो ।
१९औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा निरज बस्नेतलाई गोरान जर्काेभिचले फल गरेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले ललितपुरलाई पेनाल्टी प्रदान गरेको थियो ।

२१औं मिनेटमा चिवन एफसीका गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ गर्दै चितवनको खतरा टारे । विशालले अन्जन विष्टको पेनाल्टी र रिवाउन्डका बिमल रानाको प्रहारलाई बचाएका थिए । ३५औं मिनेटमा गोरान जर्काेभिचको पासमा कप्तान भरत खवासको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोस्ट माथिबाट थोरै बाहिरिदा चितवन अग्रता लिनबाट चुक्यो ।

४०औं मिनेटमा विमल रानाको हेडरलाई गोलरक्षक विशाल सुनारले डाइभ दिदै नियन्त्रणमा लिए । ४१औं मिनेटमा अन्जन विष्टको क्रस पासमा नुरलान जाहिदको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा केही बेरमा सुरु हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.