default_image

5 years ago

April 26, 2021

ललितपुर र चितवनको बराबरी

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र चितवन एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको १०औं मिनेटमा नविन लामाको पासमा बिमल रानाले पेनाल्टी बक्समा प्रहार गर्न ढिलाई गर्दा सिमन्त थापाले क्लियर गर्दै चितवनको खतरा टारे ।

त्यसमै कमल श्रेष्ठको कर्नरमा पाल्साङ लामाको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा निरज बस्नेतलाई गोरान जर्काेभिचले फल गरेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले ललितपुरलाई पेनाल्टी प्रदान गरेको थियो । २१औं मिनेटमा चिवन एफसीका गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ गर्दै चितवनको खतरा टारे ।

विशालले अन्जन विष्टको पेनाल्टी र रिवाउन्डका बिमल रानाको प्रहारलाई बचाएका थिए । ३५औं मिनेटमा गोरान जर्काेभिचको पासमा कप्तान भरत खवासको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोस्ट माथिबाट थोरै बाहिरिदा चितवन अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा विमल रानाको हेडरलाई गोलरक्षक विशाल सुनारले डाइभ दिदै नियन्त्रणमा लिए । ४१औं मिनेटमा अन्जन विष्टको क्रस पासमा नुरलान जाहिदको हेडरले पोस्टको दिशा लिन सकेन ।

४९औं मिनेटमा कमल श्रेयठको गोलबाट ललितपुर सिटी एफसीले अग्रता लियो । ४९औं मिनेटमा मैदानको दाया भागबाट गरेको क्रस प्रहार दोस्रो बारको टप कर्नरमा गोल हुदा गोलरक्षक विशाल सुनारले रोक्ने प्रयास गरेपनि सफल भएन । ५४औं मिनेटमा नविन लामाको पासमा विमल रानाको प्रयासलाई गोलरक्षक विशाल सुनारले दोहोरो बचाउ गर्दा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६१औं मिनेटमा गोरान जर्काेभिचको पासमा कप्तान भरत खवासले सुवर्ण अवसर पाएपनि सदुपयोग हुन नसक्दा चितवन बराबरीबाट चुक्यो । ६५औं मिनेटमा नुरलान जाहिदको प्रहार क्रसबारमा लागेर फर्कदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । ६८औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहारलाई गोलरक्षक विशाल सुनारले पञ्च गर्दै बचाए ।

८८औं मिनेटमा एरिक विष्टको प्रहारलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए । ९०औं मिनेटमा एरिक विष्टले अमित तामाङले पेनाल्टीमा गोल गर्दै चितवनलाई हारबाट जोगाए । अमित तामाङको प्रहारलाई पेनाल्टी बक्समा विनोद गुरुङले ह्यान्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो । जसलाई अमितले चुकाएन् ।

ललितपुरका विनोद गुरुङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । एफसी चितवनका विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

बराबरी पछि ललितपुरले दुई खेलबाट १ अंक जोडेको छ । चितवनले १ अंक जोडेको छ । लिगमा मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.