default_image

5 years ago

April 27, 2021

एनएसएल : धनगढी र काठमाडौं रेजर्स भिड्दै

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा धनगढी एफसी र काठमाडौं रेजर्स आमने समाने हुँदैछन् । धनगढी र काठमाडौं रेजर्सबीचको खेल साँझ ५:३० बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

स्टार र नाम चलेका खेलाडीले भरिएको यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । धनगढी एनएसएलमा पहिलो जितको खोजीमा हुनेछ । धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३–० ले स्तब्ध बनेको थियो । काठमाडौंको १ खेलबाट ३ अंक छ । धनगढीले अंकको खाता खोल्न सकेको छैन ।

धनगढीसँग कप्तान किरण चेम्जोङ, विशाल राई, आफिज ओलावाले, दिनेश राजवंशी, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, योगेश गुरुङ, युद्ध शाही, सौजन याख्खा राई, विजय श्रेष्ठ, निराजन महर्जन, अशोक खवास र टेकेन्द्र थापा,रहेको छ ।

यता, काठमाडौं रेजर्स धनगढीलाई हराउँदै लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिने दाउमा हुनेछ । काठमाडौंले पहिलो खेलमा ललितपुरलाई १–० ले पराजित गरेको थियो । बराबरीको नतिजाले पनि काठमाडौं शीर्षस्थानमा उक्लनेछ । टोलीसँग मार्की खेलाडी तथा कप्तानको रुपमा गोलरक्षक विकेश कुथु रहँदा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

यस्तै तेज तामाङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदिप शिख्रकार, राजन गुरुङ, विश्वास श्रेष्ठ, बिमल पाण्डेय, आशिष गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, पृथ्बी चौधरी, सुदिल राई र प्रेजेन तामाङ टोलीमा रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.