5 years ago
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कोभिडको दोस्रो लहरका कारण दुई दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पालना र विना दर्शक आयोजना गर्न स्वीकृति दिएको जानकारी दिएका छन् ।
‘अहिले जस्तै विना दर्शक । आयोजक, सहभागी टोलीका खेलाडी, खेल सञ्चालनका लागि प्राविधिक टोली र सञ्चाकर्मीको उपस्थितिमा मात्र एनएसएल सञ्चालन गर्न स्वीकृति भएको छ,’ राखेपका सदस्य सचिव सिलवालले भने,‘ युवा तथा खेलकुद मन्त्रालयमार्फत एनएसएल नरोख्ने प्रस्वाव लगिएको थियो ।’
मुख्यतः तीन कारणले एनएसएल जारी रहोस् भन्ने चाहेको सदस्य सचिव सिलावले प्रष्ट पार । एक त सुरुबाट विना दर्शक आयोजना भइरहेको छ । अर्को सहभागी टोली र आयोजकले एनएसएलका लागि ठूलो लगानी गरेका छैन् । अर्को यो समयमा घरमा बस्नेहरुले पनि फुटबल हेर्न पाउन्, उनले थपे,‘ स्वास्थ्य मापदण्ड ख्यालमा राख्दै अहिलेको जसरी सञ्चालन गर्दा संक्रमणको सम्भावना कम हुने भएकाले एनएसएलको निरन्तरता चाहेका हौं ।’
देशका अन्य भागमा हुने खेलकुदका गतिविधि भने स्थानिय अवस्था हेरेर सञ्चालन गर्न सकिने उनले बताए । ‘अब अहिले अरु ठूला प्रतियोगिता छैनन् । स्थानिय स्तरमा संक्रमणको अवस्था हेरेर आयोजना गर्न सकिन्छ, सिलवालले भने,‘ तर सरकारले तोकेका मापदण्डलाई ख्याल गर्न जरुरी छ ।’
कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन थालेपछि जिल्ला प्रशासनले वैशाख १६ गतेबाट दुई साता निषाधाज्ञा गर्ने निर्णय गरेको थियो । ७ टोलीको सहभागितामा वैशाख ११ देखि एनएसएलको पहिलो संस्करण सुरु भएको छ । सोमबार सम्म एनएसलका ४ खेल सम्पन्न भइसकेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]