default_image

3 years ago

April 27, 2021

एन्फा कर्मचारीले ३ महिनादेखि तलब पाएनन्

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबैभन्दा क्रियासिल र सर्वाधिक बजेट भएको राष्ट्रिय संघ अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिना देखि आफ्ना कर्मचारीलाई तलब नदिएको पाइएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा कार्यरत ७० भन्दा बढी कर्मचारीले तलब नपाएपछि अधिकांश मर्कामा परेका छन् । ‘तीन महिना देखि तलब पाएका छैनौं । कतिको आम्दानीको श्रोत भनेकै त्यहि […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबैभन्दा क्रियासिल र सर्वाधिक बजेट भएको राष्ट्रिय संघ अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिना देखि आफ्ना कर्मचारीलाई तलब नदिएको पाइएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा कार्यरत ७० भन्दा बढी कर्मचारीले तलब नपाएपछि अधिकांश मर्कामा परेका छन् । ‘तीन महिना देखि तलब पाएका छैनौं । कतिको आम्दानीको श्रोत भनेकै त्यहि तलब हो’, एक कर्मचारीले भने,‘ आफूले काम गरेको ठाँउबाट समयमा नआएपछि घर व्यवहार चलाउन पनि गाह्रो हुन्छ । हामी धेरै जसोलाई त्यहि समस्या परेको छ ।’

एन्फा महासचिव, कोषाध्यक्ष, आर्थिक, प्रशासन विभागलगायत विभिन्न शाखामा काम गर्ने ७० भन्दा बढी कर्मचारीले २०७७ सालको माघ, फागुन र चैतको तलब पाएका छैनन् । सबैको नयाँ सम्झौता गर्नुपर्ने भएकाले तलब पठाउन ढिला भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘पुराना कर्मचारीको ४ वर्षे सम्झौता थियो । नयाँहरुको हकमा २ वर्षे सम्झौता थियो,’ उनले भने,‘ ती सबैको नयाँ सम्झौता बनाउनु पर्ने भएकाले तलब पठाउन नसकिएको हो ।’

प्रवक्ता राईका अनुसार अधिकांश प्रक्रिया पूरा भइसकेकोले केहि दिन भित्रमै तबल सम्बन्धित सबैको बैंक खातामा पठाइने तयारी भइरहेको पनि जानकारी दिए । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीलाई भने तीन महिनाको एक मुष्ट रुपमा तलब दिदै आएको छ । एन्फाले गत माघमा साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि झन्डै ८६ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.