5 years ago
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले ओलाडिफो आफिजको दुई गोल मद्दतमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित दर्ता गर्दा काठमाडौं रेजर्समाथि ३–० को जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा टंक बस्नेतको गोलबाट भनगढीले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा काउन्टर अट्याकमा दर्शन गुरुङले बल अघि बढाइरहेको अवस्थामा गोलरक्षक विकेश कुथु पेनाल्टी बक्सबाहिरबाट अघि बढ्दै ट्याकल गर्दै बचाए ।
१९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुले आत्मघाती गोल गरेपछि धनगढीले खेलमा अग्रता लिएको थियो । टंक बस्नेतले क्रस गरेको बल दोस्रो बारको पोलमा लागेर फर्कदा विकेशलाई लाग्दै गोलमा परिणत भएको थियो । २३औं मिनेटमा आफिज ओलावालेले काउन्टर अट्याकमा मैदानको मध्यभागबाट बल अघि बढाउँदै फ्लोरेन्ट कोर्वालाई बिट गरेको प्रहार गोलमा परिणत हुदा धनगढीले अग्रता दोब्बर बनायो ।

३४औं मिनेटमा गोलरक्षक विकेश कुथुले ओलावालेको वान भर्सेस वानको अवस्थाको प्रहारलाई ब्लक गर्दै बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अशोक खवासको पासमा दर्शन गुरुङले मिलाइदिएको पासमा ओलावाले आफिजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धनगढीलाई ३–० अग्रता दिलाए । ५४औं मिनेटमा सन्जोक राईको पेनाल्टी बक्स बाहिरको प्रहार धनगढीको आइकोनिक खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाउँदा काठमाडौं गोल अन्तर कम गर्नबाट चुक्यो ।
६८औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रुमेश बर्ताैलालाई लडाएपछि रेफ्री कविन व्यन्जकारले रमेश दंगालललाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि बल पोसेसनमा पकड बनाएपनि काठमाडौंले धनगढी १० खेलाडीमा समेटिएको फाइदा उठाउन नसक्दा पराजित हुन पुग्यो ।
एनएसएलमा धनगढीको यो पहिलो जित हो । यसअघि धनगढी पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । जितसँगै धनगढीको दुई खेलबाट ३ अंक जोडेको छ । पराजित काठमाडौंको दुई खेलबाट ३ अंक छ । लिगमा पहिलो हार बेहोरेपछि काठमाडौंले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।
धनगढीका पुजन उपरकोटी इमर्जिङ खेलाडी चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका ओलावाले ओलाडिपो आफिज प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।
एनएसएलमा बुधबार दुई खेल हुनेछ । दिउँसो २ः३० बजे हुने खेलमा एफसी चितवन र बुटवल लुम्विनी एफसीबीच तथा दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]