5 years ago
April 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा दिउँसो २ः३० बजे चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । भरत खवासको कप्तानीमा रहेको चितवन बुटवल लुम्विनीलाई हराउँदै लिगमा पहिलो जित निकाल्ने योजनामा रहेको छ । चितवन पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
यता, बुटवल लुम्विनी चितवनलाई हराउँदै लिगमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । बुटवल लुम्विनीसँग लक्ष्मण रुचाल, रविन श्रेष्ठ, सेसेहाङ आङदेम्वे, मान बहादुर परियार, अमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, जय गुरुङ र रन्दिप पौडेल टोलीमा रहेका छन् ।

चितवनसँग ललितपुर सिटीविरुद्ध उच्च प्रदर्शन गरेका गोलरक्षक विहाल सुनार, विकास तामाङ, शिशिर लेखी, कुलदिप कार्की, मनिष थापा, रुप बहादुर लामा, अमित तामाङ, सिमन्त थापा, विश्व अधिकारी, राजीव लोप्चन र टेक बहादुर बुढाथोकी रहेका छन् ।
दिनको दोस्रो खेलमा विराटनगर र पोखरा थन्डर्स दुवै जितको लक्ष्यसहति मैदान उत्रनेछ । रञ्जित धिमालको कप्तानीमा रहेको विराटनगर पोखरालाई हराउँदै लिग लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३–० ले हराएको थियो ।

विराटनगरसँग गोलरक्षक किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज ज्यु ठकुरी, विजय धिमाल, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, सुनिल खड्का, दीपक राई र निर कुमार राई रहेका छन् ।
नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो । पोखरासँग गोलरक्षक दिप कार्की, प्रविन स्याङतान, मान बहादुर तामाङ, दिपक गुरुङ, अनिल गुरुङ, सुशिल राई, रवि पासवान, नितिन थापा, राजेश परियार र गौतम श्रेष्ठलगायतका खेलाडी छन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]