5 years ago
April 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्डद्धय जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीको गोल मद्दतमा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको छ ।

बुटवल लुम्विनीका आशिष लामाले एक गोल फर्काएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका हुन् । गोरान जर्काेभिचले दिएको पासलाई सिक्स यार्ड बक्सभित्र ओमोलाजा नुरेन करिमले क्लियर गर्न नसकेको बललाई जर्जप्रिन्सले ट्यापिङ गोल गरेका हुन् ।
१८औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनको अग्रता दोब्बर पारे । उनले सिमन्त थापाको क्रसमा गोलरक्षक विशनल श्रेष्ठले बचाउन नसकेको बललाई दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । त्यसअघि आठौं मिनेटमा ओमोलाजा करिम नुरेनको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रसबारबाट थोरै माथिबाट बाहिरिदा बुटवल लुम्विनी अग्रता लिनबाट चुक्यो ।
२५औं मिनेटमा अर्मान्डको प्रहार क्रसबारमा लागेर फर्कदा बुटवल लुम्विनी गोल अन्तर कम गर्नबाट चुक्यो । ३१औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलरक्षक विशाल सुनारले बचाउने प्रयास गरेपनि सफल भएन ।
३७औं मिनेटमा जर्जप्रिन्स कार्कीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । ३९औं मिनेटमा अर्मान्डको प्रहारलाई गोलरक्षक विशाल सुनारले ब्लक गर्दै बुटवल लुम्विनीको गोल टारे । दोस्रो हाफ केही वेरमा शुरु हुनेछ ।
चितवन पहिलो जितको खोजीमा हुनेछ । चितवन पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो । बुटवल लुम्विनी लगातार दोस्रो जितको खोजीमा छ । बुटवल लुम्विनीले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]