default_image

3 years ago

April 29, 2021

दीपाको खुट्टाको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबकी मिडफिल्डर दीपा राईको खुट्टाको बिहीबार शल्यक्रिया भएको छ । दायाँ खुट्टाको गोलीगाँठा नजिक हड्डी पलाएर दुख्न थालेपछि बिएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो । डा. अमित जोशीको नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । डक्टरले मैदान फर्कन ३ देखि ४ महिना लाग्ने बताएको दीपाले बताईन् । […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबकी मिडफिल्डर दीपा राईको खुट्टाको बिहीबार शल्यक्रिया भएको छ । दायाँ खुट्टाको गोलीगाँठा नजिक हड्डी पलाएर दुख्न थालेपछि बिएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो ।

डा. अमित जोशीको नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । डक्टरले मैदान फर्कन ३ देखि ४ महिना लाग्ने बताएको दीपाले बताईन् । ‘पाँच छ महिनादेखि हड्डी पलाएर अप्ठेरो भएको थियो । राष्ट्रिय लिगपछि झन गाह्रो हुन थाल्यो ,’ उनले भनिन्, ‘त्यसले डक्टरको सल्लाह अनुसार शल्यक्रिया गरेर त्यो हड्डी निकालिएको छ ।’

आर्मी क्लबका व्यवस्थापक विकास मल्लले दीपा क्लब र राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडी रहँदै आएको बताए । उनी हाम्रो टोलीको मुख्य खेलाडी मध्ये एक हुन्, उनले भने, हामीले उनलाई टोलीको मेरुदण्डका रुपमा लिन्छौं ।

उदयपुर जिल्ला बेलका नगरपालिका ४ की दीपा २०६९ मा आर्मीमा आबद्ध भएकी थिइन् । आर्मीमा आबद्ध हुनुअघि उनले जिल्लाको टोलीबा एनसेल कप लगायत खेलेकी थिइन् । सन् २०१४ मा तेस्रो महिला साफ च्याम्पियनसिपमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् । ३४ क्याप जितिसकेकी उनको नाममा १ गोल रहेको छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.