default_image

3 years ago

April 30, 2021

भिल्लारियलले आर्सनललाई हरायो

एजेन्सी – युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई हराएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा भिल्लारियलले आर्सनलमाथि २–१ को जित दर्ता गरेको हो । भिल्लारियलको जितमा म्यानुयल ट्रिगुइरस र राहुल अल्विओलले गोल गर्दा आर्सनलका निकोलस पेपेले एक गोल फर्काए । भिल्लारियलले खेलको पाँचौ मिनेटमा म्यानुयल ट्रिगुइरसको गोलबाट अग्रता […]

44 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई हराएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा भिल्लारियलले आर्सनलमाथि २–१ को जित दर्ता गरेको हो ।

भिल्लारियलको जितमा म्यानुयल ट्रिगुइरस र राहुल अल्विओलले गोल गर्दा आर्सनलका निकोलस पेपेले एक गोल फर्काए । भिल्लारियलले खेलको पाँचौ मिनेटमा म्यानुयल ट्रिगुइरसको गोलबाट अग्रता लिएको थियो । उनले स्यामुयल चुकवुजीको पासमा गोल गरेका थिए ।

२९औं मिनेटमा राहुल अल्विओलले जेरार्ड मोरेनोको पासमा गोल गर्दै भिल्लारियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । २–० ले पछि परेको आर्सनल ५७औं मिनेटमा १० खेलाडीमा समेटियो । ड्यानियल पारेजोमाथि फल गरेपछि रेफ्रीले सेवालोसलाई दोहोरो पहेँलो बार्ड देखाउँदै मैदान बाहिर पठाए ।

१० खेलाडीमा समेटिएपनि ७३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्कने संकेत दिए । बुकायो साकामाथि म्यानुयल ट्रिगुइरसले फल गरेपछि प्राप्त पेनाल्टीलाई निकोलस पेपेले सदुपयोग गरेका थिए । ८०औं मिनेटमा भिल्लारियल पनि १० खेलाडीमा समेटियो ।

टिनी कापोइ दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा भिल्लारियल विजयी हुन सफल भयो । दोस्रो लेगको खेल आर्सनलको मैदानमा ७ मेमा हुनेछ ।

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.