default_image

3 years ago

April 30, 2021

रियललाई अर्को झट्का

एजेन्सी – मुख्य खेलाडीलाई चोटका कारण निकै समस्यामा रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई अर्को समस्या आइपरेको छ । मांशपेसीको चोट बोकेपछि डिफेन्डर ड्यानी कार्भाजल यो सिजन फेरी नखेल्ने अवस्थामा पुगेका छन् । च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्ध सेमिफाइनलको पहिलो लेगमा कार्भाजलले चोट बोकेका हुन् । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । मंगलबार खेलका दौरान […]

83 views

0 Bookmark

एजेन्सी – मुख्य खेलाडीलाई चोटका कारण निकै समस्यामा रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई अर्को समस्या आइपरेको छ । मांशपेसीको चोट बोकेपछि डिफेन्डर ड्यानी कार्भाजल यो सिजन फेरी नखेल्ने अवस्थामा पुगेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्ध सेमिफाइनलको पहिलो लेगमा कार्भाजलले चोट बोकेका हुन् । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । मंगलबार खेलका दौरान चोट बोकेका उनको विहीबार विस्तृत परिक्षण गरिएको थियो । परिक्षणका अनुसार उनी कम्तिमा ३ साता मैदानबाहिर रहनेछन् । यसको मतलब उनले अब यस सिजन फेरी खेल्ने छैनन् ।

रियलले लिगका सम्पूर्ण खेल ३ साताभित्र खेल्दैछ । यदि क्लबले च्याम्पियन्स लिग फाइनलमा स्थान बनाएको खण्डमा भने उनले खेल्न सक्ने सम्भावना रहनेछ । तर लामो समय मैदानबाहिर रहेको अवस्थामा सिधै फाइनलमा उनलाई जोखिम लिनेबारे जिदानले निर्णय लिनुपर्ने हुन्छ ।

यसैपनि टोलीमा चोटका कारण अन्य खेलाडी पनि बाहिर रहेका छन् । कार्भाजल लामो समय घाइते हुँदा लुकास भाज्केजले उक्त पोजिसनमा खेलेका थिए । उनले त्यस पोजिसनमा उत्कृष्ट प्रदर्शन पनि गरे । तर एल क्लासिकोमा घुँडाको चोट बोकेपछि उनी अर्को सिजन मात्र फर्कने भएका छन् ।

अब जिदानले अल्भारो ओड्रीओजोलालाई प्रयोग गर्नुपर्ने देखिन्छ । अर्को रोजाइका रुपमा रहेका नाचो फर्नान्डेज सेन्टर ब्याक खेलिरहेका छन् । सर्जियो रामोस ठिक भएर फर्किएको खण्डमा भने नाचोले खेल्ने सम्भावना रहनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.