default_image

3 years ago

May 2, 2021

सानदार जित निकाल्दै डर्टमुन्ड जर्मन कपको फाइनलमा

एजेन्सी – दोस्रो श्रेणीको होल्सटेइन केइललाई हराउँदै जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्ड डिएफवी पोकल (जर्मन कप) को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले होल्सटेइन केइलमाथि ५–० को सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो । डर्टमुन्डको फराकिलो जितमा जियोभानी रेनाले दुई तथा मार्काे रिउस, थोर्गन हाजार्ड र […]

49 views

0 Bookmark

एजेन्सी – दोस्रो श्रेणीको होल्सटेइन केइललाई हराउँदै जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्ड डिएफवी पोकल (जर्मन कप) को फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले होल्सटेइन केइलमाथि ५–० को सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो । डर्टमुन्डको फराकिलो जितमा जियोभानी रेनाले दुई तथा मार्काे रिउस, थोर्गन हाजार्ड र जुडे बेलिङघमले समान एक गोल गरे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।

एक पक्षीय बनेको खेलको १६औं मिनेटमा जियोभानी रेनाले जाडोन सान्चोको पासमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । २३औं मिनेटा रेनाले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । २६औं मिनेटमा कप्तान मार्काे रिउसले इम्री क्यानको पासमा गोल गर्दै डर्टमुन्डलाई सहजै जिततर्फ अघि बढाए । ३२औं मिनेटमा थोर्गन हाजार्डले गोल गरेपछि डर्टमुन्ड खेलमा ४–० ले अघि बढ्यो ।

४१औं मिनेटमा सान्चोको पासमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा ५–० को फराकिलो अग्रता दिलाए । दोस्रो हाफमा गाल निस्कन नसक्दा पहिलो हाफको पाँच गोल नै डर्टमुन्डको जितमा पर्याप्त बन्यो । दोस्रो श्रेणीको होल्सटेइनले डर्टमुन्डविरुद्ध केही अवसर पाएपनि चुकाउँदा फराकिलो हार बेहोर्न पुग्यो ।

अब डर्टमुन्डले उपाधिका लागि आरवी लाइप्जिगको सामना गर्नेछ । लाइप्जिगले वेर्डर ब्रेमेनललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल १४ मेमा हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.