default_image

3 years ago

May 2, 2021

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग बराबरी खेलेपछि इन्टर मिलान सिरी ‘ए’ को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो । इन्टर पछिल्लोपटक २००९–०१० मा सिरी ‘ए’ को च्याम्पियन बनेको थियो । त्यसयता २०१०–११ को सिजनमा एसी मिलान […]

51 views

0 Bookmark

एजेन्सी – झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग बराबरी खेलेपछि इन्टर मिलान सिरी ‘ए’ को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो ।

इन्टर पछिल्लोपटक २००९–०१० मा सिरी ‘ए’ को च्याम्पियन बनेको थियो । त्यसयता २०१०–११ को सिजनमा एसी मिलान च्याम्पियन बन्दा त्यसपछिको ९ सिजन युभेन्टस लगातार च्याम्पियन बनेको थियो । सिरी ‘ए’ मा आइतबार राति १० खेलाडीमा समेटिएको एटलान्टा सास्सुलोसँग १–१ गोलको बराबरीमा रोकिएपछि एन्टेनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टर च्याम्पियन बनेको हो ।

सिरी ‘ए’ मा चार राउन्डको खेल बाँकी रहँदा इन्टरले ३४ खेलबाट ८२ अंक जोड्यो । समान खेलबाटै दोस्रो स्थानमा रहेको एटलान्टाले ६९ अंक जोडेको छ । जुन १३ अंकले बढी हो । इन्टरले बाँकी चार खेलमा अंक गुमाउने र एटलान्टा र मिलानले सबै चार खेल जितेपनि ८१ अंक मात्रै पुग्नेछ ।

शनिबार राति भएको खेलमा इन्टरले रेलिगेसनमा परेको क्रोटोनलाई २–० को पराजित गर्दै उपाधि नजिक पुगेको थियो । च्याम्पियन बन्न चार खेलबाट १ अंकको आवश्यकता रहँदा एटलान्टाले सासुओलोसँग बराबरीको नतिजा निकालेपछि इन्टर च्याम्पियन बन्न सफल भयो ।

आइतबार राति एटलान्टाका गोलरक्षक पिएरलुइगि गोल्लिनी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ३२औं मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ५२औं मिनेटमा डोमिनिको बेरारडीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

६४औं मिनेटमा म्यानुयल लोकाटेलीले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिदा सास्सुलो अग्रता लिनबाट चुक्यो । ७५औं मिनेटमा मार्लाेन दोहोरो पहेँलो कार्ड खादै बाहिरिएपछि सास्सुलो १० खेलाडीमा समेटियो । त्यसमै प्राप्त पेनाल्टीमा लुइस मुरिएलले गोल गर्न नसक्दा एटलान्टा जितबाट वञ्चित बन्यो । उनको पेनाल्टीलाई एन्ड्रिय कोन्सिग्लिले बचाएका थिए ।

इन्टरको समग्रमा यो १९औं सिरी ‘ए’ उपाधि हो । इन्टरले २००९–१० को सिजनमा जोसे मौरिन्होको प्रशिक्षणमा सिरी ‘ए’सँगै कोपा इटालिया र च्याम्पियन्स लिग जितेको थियो । यो उपाधिसँगै इन्टरले सिरी ‘ए’ उपाधिमा एसी मिलानलाई उछिनेको छ । मिलानले १८ उपाधि जितेको छ । युभेन्टसले ३६ पटक उपाधि जितेको छ ।

इन्टरले गत फेब्रुअरीमा लाजियोलाई ३–१ ले पराजित गर्दै सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको थियो । त्यसपछिको १३ राउन्डमा इन्टरले अग्रता जोगाइराख्न सफल भयो । इन्टर गत सिजन युभेन्टससँग १ अंकले पछि परेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.