default_image

3 years ago

May 4, 2021

वेस्ट ह्यामले बर्नलेलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलेलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । वेस्ट ह्यामले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । वेस्ट ह्यामको जितमा दुवै गोल मिचेल एन्टोनियोले गर्दा घरेलु टोलीका क्रिस वुडको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलेलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । वेस्ट ह्यामले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो ।

वेस्ट ह्यामको जितमा दुवै गोल मिचेल एन्टोनियोले गर्दा घरेलु टोलीका क्रिस वुडको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो । टर्फ मुर बर्नलेमा सोमबार राति भएको खेलको १९औं मिनेटमा घरेलु टोली बर्नलेले पेनाल्टीगोलमार्फत अग्रता लिएको थियो । थोमस सौसेकले क्रिस वुडमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी दिएको थियो । जसमा क्रिस वड आँफैले गोल गनै सफल भए ।

तर, बर्नले त्यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले भ्लादिमिर कोउफलको पासमा गोल गरेका थिए । २९औं मिनेटमा मिचेल एन्टेनियोले सेड बेनरमाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै वेस्टह्यामलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल निस्कन नसक्दा वेस्टह्याम विजयी हुन सफल भयो । जितपछि वेस्ट ह्याम ३४ खेलबाट ५८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नले ३६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.