default_image

3 years ago

May 6, 2021

रियल, बार्सिलोना, युभेन्टस र मिलानलाई प्रतिबन्ध लाग्न सक्ने

44 views

0 Bookmark

एजेन्सी – युरोपियन सुपर लिगलाई जोड दिइरहेका चार क्लबलाई युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

गत महिना युरोपका १२ क्लब संस्थापक रुपमा रहनेगरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर त्यसको चौतर्फी विरोध र विश्व फुटबल महासंघ (फिफा) र युइएफएबाट चेतावानी आएपछि संस्थापक सदस्य रहेका ८ क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका थिए ।

स्पेनिस क्लब रियल म्याड्रिड, क्याटलान क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टस र एसी मिलानले अझैपनि युरोपियन सुपर लिगलाई जोड दिइरहेका छन् । उनीहरुले नाम फिर्ता नलिएको अवस्थामा युइएफएले दुई बर्ष च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनहम हटस्पर, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान गरी ८ संस्थापक क्लबले दुई दिनमै आफ्नो नाम फिर्ता लिएका थिए । नाम फिर्ता लिएका क्लबले भने युइएफएको सबै प्रतिगिता खेल्न पाउनेछ ।

युइएफएको नियम अनुसार कुनैपनि टिमले समानान्तर प्रकृतिको प्रतियोगिता खेल्न नपाउने उल्लेख छ । यस्तै युइएफएको स्वीकृतिविना कुनैपनि सदस्य क्लवले बाहिरको प्रतियोगिता खेल्न र स्थापना गर्न नपाउने नियममा छ ।

कोरोनाका कारण क्लवको आर्थिक अवस्था कमजोर भएपछि तत्कालका लागि मोटो रकम आउने र क्लवलाई बचाउन सकिने भन्दै १२ क्लबले युरोपियन सुपर लिग घोषणा गरेका थिए । तर यसलाई युइएफएले ठाडै अस्वीकार गर्दै यसबाट अलग रहन र अलग नरहेको अवस्थामा कडा कारवाही गरिने जनाएको थियो ।

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

Success

Thank you for your time.