default_image

3 years ago

May 7, 2021

हाजार्डले समर्थकसँग माफी मागे

46 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले आफ्नो समर्थकसमक्ष माफी मागेका छन् । उनले आफ्नो व्यवहारका कारण समर्थकसँग माफी माग्नुपरेको हो ।

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुदै बाहिरिएपछि रियलका फरवार्ड हाजार्डले आफ्नो पुर्व सहकर्मीसँग ठट्टा गरेर हाँसको तस्विर तथा भिडियो सामाजिक सन्जालमा भाइरल भएपनि उनको चर्काे आलोचना भएको थियो । उक्त खेलमा पहिलो रोजाइमा खेलेका हाजार्डको प्रदर्शन अपेक्षा गरेअनुसार रहन सकेको थिएन ।

खेल सकिएपछि हाजार्डले चेल्सीका डिफेन्डर कोर्ट जोउमासँग ठट्टा गरेर हाँसेको तस्विर भाइरल बनेको थियो । सोही कारण उनले रियलका समर्थकसमक्ष माफी माग्नुपरेको हो । हाजार्ड आफुले जानीजानी रियलका समर्थकलाई दुःखी बनाउन यस्तो काम नगरेको बताएका छन् ।

‘यो मैले जानजान गरेको होइन । म आफ्नो समर्थकलाई दुःखी बनाउन चाहदिन । यसले समर्थकको मन दुखाएकोमा माफी चाहन्छु,’ उनले इन्स्टाग्रामको आफ्नो स्टोरीमा लेखेका छन् । यस्तै उनले रियलबाट खेल्नु जहिलेपनि आफ्नो सपना भएको र यहाँ आफु जित्नका लागि आएको बताएका छन् । उनले अबको लक्ष्य ला लिगा रहेको बताएका छन् ।

सन् २०१९ मा चेल्सीबाट रियल पुगेका हाजार्डले रियलमा अधिकांश समय चोटमै बिताएका छन् । उनले चेल्सीसँग खेल्नुअघि मात्रै लामो समयपछि चोटबाट पूनरागमन गरेका थिए ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.