default_image

3 years ago

May 9, 2021

सान्चेज चम्कदा च्याम्पियन इन्टरको सानदार जित

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर मिलानले साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको छ । घरेलु मैदान मिलानोमा शनिबार राति भएको खेलमा इन्टरको सानदार जितमा एलेक्सिस सान्चेजले दुई तथा रोबर्टाे गाग्लिआरर्डिनी, एन्ड्रिया पिनामेन्टी र लोउटारो मार्टिनेजले समान एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डेले एक गोल फर्काए । एक पक्षीय […]

38 views

0 Bookmark

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर मिलानले साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान मिलानोमा शनिबार राति भएको खेलमा इन्टरको सानदार जितमा एलेक्सिस सान्चेजले दुई तथा रोबर्टाे गाग्लिआरर्डिनी, एन्ड्रिया पिनामेन्टी र लोउटारो मार्टिनेजले समान एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डेले एक गोल फर्काए ।

एक पक्षीय बनेको खेलको चौथो मिनेटमा रोबर्टाे गाग्लिआरर्डिनीको गोलबाट मिलानले गोलको खाता खोलेको थियो । २६औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा केइटा बाल्डेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

लगत्तै ३६आं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६१औं मिनेटमा एन्ड्रिया पिनामेन्टीले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अघि बढाए । ७०औं मिनेटा लोउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ५–१ को सानदार जित दिलाए ।

जितसँगै च्याम्पियन इन्टरको ३५ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको ७० अंक छ । पराजित साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अन्य नजिता
स्पेजियाविरुद्ध नेपोली (१–), उडिनेसविरुद्ध बोलोग्ना (१–१), फ्लोरेन्टिनाविरुद्ध लाजियो (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.