default_image

3 years ago

May 10, 2021

आर्सनलसँगको हारसँगै वेस्ट ब्रोम रेलिगेसनमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलसँग पराजित हुदै वेस्ट ब्रोम रेलिगेसनमा परेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा ३–१ को हार बेहारेसँगै वेस्ट ब्रोम ३ खेल बाँकी छदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि सेफिल्ड युनाइटेड रेलिगेसनमा परिसकेको छ । १९औं स्थानमा रहेको वेस्ट ब्रोमको ३५ […]

66 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलसँग पराजित हुदै वेस्ट ब्रोम रेलिगेसनमा परेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा ३–१ को हार बेहारेसँगै वेस्ट ब्रोम ३ खेल बाँकी छदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो ।

यसअघि सेफिल्ड युनाइटेड रेलिगेसनमा परिसकेको छ । १९औं स्थानमा रहेको वेस्ट ब्रोमको ३५ खेलबाट २६ अंक छ । रेलिगेसन जोगाउन वेस्ट ब्रोमलाई बाँकी तीन खेलमा जित निकालेपनि पर्याप्त हुनेछैन । रेलिगेसन जोनभन्दा माथि रहेको बर्नलेको ३४ खेलबाट ३६ अंक छ ।

आर्सनलको जितमा इमिल स्मिथ रोवी, निकोलस पेपे र विलियनले गोल गरे । वेस्ट ब्रोमका म्याथुस पेरेइराले एक गोल फर्काए । खेलको २९औं मिनेटमा इमिल स्मिथ रोवीको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

उनले बुकायो साकाको पासमा गोल गरेका थिए । ३५औ. मिनेटमा कलुम चेम्वर्ससको पासमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६७औं मिनेटमा म्याथुस पेरेइराले कोनोर टाउनसेन्डको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर, खेलको अन्तिम समयमा विलियनले गोल गर्दै आर्सनललाई सहज जित दिलाए । जितपछि आर्सनल ३५ खेलबाट ५२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

अन्य नतिजा
वल्भ्स
विरुद्ध ब्राइटन (–१), एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेड (१–), वेस्टह्यामविरुद्ध एभर्टन (०–)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.