default_image

3 years ago

May 10, 2021

रोमाको ५ गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एएस रोमाले क्रोटोनमाथि ५–० को सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रोमाको फराकिलो जितमा बोर्जा मायोरल र लोरेन्जो पेलिग्रेनीले समान २ तथा हेनरिक मिख्तरयानले एक गोल थपे । सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको सुरुवातसँगै गोलको खाता खोलेको रोमाले […]

27 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एएस रोमाले क्रोटोनमाथि ५–० को सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रोमाको फराकिलो जितमा बोर्जा मायोरल र लोरेन्जो पेलिग्रेनीले समान २ तथा हेनरिक मिख्तरयानले एक गोल थपे ।

सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको सुरुवातसँगै गोलको खाता खोलेको रोमाले खेलको अन्त्य सम्म पनि जारी राख्यो । ४७औं मिनेटमा बोर्जा मायोरलको गोलबाट रोमाले अग्रता लिएको थियो । उनले हेनरिक मिख्तरयानको पासमा गोल गरेका थिए ।

७०औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले डाभिड सान्टनको पासमा गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । ७३औं मिनेटमा लोरेन्जोले हेनरिककै पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि रोमा सहज जिततर्फ अग्रसर बन्यो ।

दुई गोलमा असिस्ट दिएका हेनरिक मिख्तरयानले ७८औं मिनेटमा रिक कार्सड्रपको पासमा गोल गर्दै रोमालाई ४–० ले अघि बढाए । ९०औं मिनेटमा बोर्जा मायोरलले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।

जितसँगै रोमा २५ खेलबाट ५८ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित क्रोटोन १८ अंक जोडेर पुछारमा रहेको छ । क्रोटोन रेलिगेसनमा परिसकेको छ ।

अन्य खेल :

जिनोआविरुद्ध सस्सुलो (१–)

बेनोभेन्टोविरुद्ध काग्लिएरी (१–)

हेलास भेरोनाविरुद्ध टोरिनो (१–१)

पार्माविरुद्ध एटलान्टा (२–)

युभेन्टसविरुद्ध मिलान (०–)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.