default_image

3 years ago

May 10, 2021

युभेन्टसलाई सिरी ए बाट निष्कासनको चेतावनी

एजेन्सी – युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता नलिए युभेन्टसले अर्को सिजन इटालियन सिरी ए मा प्रतिस्पर्धा गर्न नपाउने इटालियन फुटबल महासंघले जनाएको छ । महासंघका अध्यक्ष ग्याब्रिएल ग्रभिनाले कुनैपनि क्लबले नियमविपरित कार्य गरेमा यसै नछोड्ने बताएका हुन् । इटालीबाट ३ क्लबले युरोपेली सुपर लिगमा संस्थापक क्लबको हैसियतले नाम राखेका थिए । तर चौतर्फी विरोध […]

92 views

0 Bookmark

एजेन्सी – युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता नलिए युभेन्टसले अर्को सिजन इटालियन सिरी ए मा प्रतिस्पर्धा गर्न नपाउने इटालियन फुटबल महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष ग्याब्रिएल ग्रभिनाले कुनैपनि क्लबले नियमविपरित कार्य गरेमा यसै नछोड्ने बताएका हुन् । इटालीबाट ३ क्लबले युरोपेली सुपर लिगमा संस्थापक क्लबको हैसियतले नाम राखेका थिए । तर चौतर्फी विरोध र दबाबपछि एसी मिलान र इन्टर मिलानले नाम फिर्ता लिइसकेका छन् । युभेन्टस भने अझैपनि लिग हुनुपर्ने अड्डी कसिरहेको छ ।

‘ नियममा प्रष्ट छ । युभेन्टस अझैपनि सुपर लिगमा सहभागी हुन चाहन्छ भने अर्को सिजन सिरी ए खेल्न पाउँदैन,’ ग्राभिनाले नेपल्सको रेडियोसँग भने, ‘म समर्थकको लागि दुखि छु तर नियम सबैका लागि समान रुपमा लागु हुन्छ । आशा गरौं नाम छिट्टै फिर्ता हुनेछ ।’

युभेन्टसले पछिल्लो ९ सिजन लगातार लिग उपाधि जित्दै वर्चस्व कायम गरेको थियो । तर यस सिजन लिगको ४ खेल बाँकी रहँदै इन्टरले उपाधि कब्जा गरिसकेको छ । युभेन्टस भने लिगको पाँचौ स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा पनि नपर्ने सम्भावना छ ।

युरोपेली सुपर लिगका संस्थापक १२ क्लबमध्य ९ क्लबले नाम फिर्ता लिइसकेका छन् । प्रिमियर लिगका ६ क्लबले सुरुवाती समयमा नै नाम फिर्ता लिएका थिए । त्यस्तै इटालीका दुई मिलान क्लब र एटलेटिको म्याड्रिडले पनि पछिल्लो समय सुपर लिगमा सहभागी नहुने जनाएको छ ।

रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस भने कुनै हालतमा सुपर लिग गर्ने प्रयासमा छन् । यी तीन क्लबले कानुनी रुपमा पनि आफूले लिग आयोजना गर्न पाउने र अन्य क्षेत्रबाट अनावश्यक दबाब आएको भन्दै केहि दिन अघि त्यसो नगर्न प्रेस विज्ञप्ति जारी गरेका थिए । क्लबहरुले लिग गर्न पाउने आफ्नो अधिकार रहेको जनाएका थिए ।

यता फिफा, यूईएफए र सम्बन्धित राष्ट्रका संघले भने यस कदमको खुलेर विरोध गर्दै आएका छन् । यूईएफएले नाम फिर्ता लिएका क्लबलाई कारवाहीस्वरूप १३ मिलियन पाउन्ड बराबर ग्रासरुट फुटबलमा योगदान दिनुपर्ने जनाएको छ । यसबाहेक प्रत्यक क्लबको ५ प्रतिशत कमाइ काटेर अन्य क्लबलाई वितरण गरिनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.