default_image

3 years ago

May 11, 2021

एमबाप्पे नहुँदा पिएसजी कमजोर

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत यसै साता भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) रेन्नेसको मैदानमा १-१ को बराबरीमा रोकियो । उपाधि होडमा रहेको लिलले शुक्रबार नै लेन्समाथि जित हासिल गरेकोले अब शीर्षस्थानमा ३ अंकको अग्रता भएको छ । युवा फरवार्ड किलियन एमबाप्पे चोटका कारण पछिल्ला केहि खेलमा उपस्थित रहेका छैनन् । पूर्ण रुपमा […]

69 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत यसै साता भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) रेन्नेसको मैदानमा १-१ को बराबरीमा रोकियो । उपाधि होडमा रहेको लिलले शुक्रबार नै लेन्समाथि जित हासिल गरेकोले अब शीर्षस्थानमा ३ अंकको अग्रता भएको छ ।

युवा फरवार्ड किलियन एमबाप्पे चोटका कारण पछिल्ला केहि खेलमा उपस्थित रहेका छैनन् । पूर्ण रुपमा फिट नरहेका उनले म्यानचेस्टर सिटीविरुद्ध च्याम्पियन्स लिगको पहिलो लेगमा अपेक्षित प्रदर्शन गर्न सकेनन् । दोस्रो लेगमा त उनी मैदानमा नै उत्रेनन् । गोलका लागि संघर्ष गरेको पिएसजी दुवै खेल हार्दै फाइनलमा पुग्न सकेन ।

यता च्याम्पियन्स लिगबाट बाहिरिएको पिडा बिर्सन नपाउँदै पिएसजीले लिग उपाधिबाट पनि बन्चित हुनुपर्ने अवस्था आएको छ । रेन्नेसविरुद्ध १-१ को बराबरी खेलेसँगै लिल अब उपाधिबाट मात्र ४ अंक टाढा छ । लिगको २ खेल बाँकी रहेको अवस्थामा अब पिएसजीको हातबाट उपाधि फुस्किएको छ ।

पिएसजीको अबको ध्यान फ्रेन्च कपमा हुनेछ । सेमिफाइनलमा पेरिस क्लबले मोन्टपेलिएरको सामना गर्दैछ । उक्त खेलमा भने एमबाप्पे उपलब्ध हुने सम्भावना छ । यस सिजनको सफलताले पनि एमबाप्पेको भविष्यमा ठूलो भूमिका खेल्नेछ । त्यसैले पनि क्लब अब सम्भव भएसम्म खेल गुमाउन चाहदैन ।

पिएसजीले यसै साता नेयमारसँग नयाँ सम्झौता नवीकरण गरेको छ । ब्राजिलियन फरवार्ड अब सन् २०२५ सम्म फ्रान्सेली क्लबमा नै रहनेछन् । एमबाप्पेको सम्झौता अर्को सिजनसम्म रहेपनि नवीकरण भने हुन सकेको छैन । स्रोतका अनुसार दुवै पक्ष समझदारीमा आउन सकेका छैनन् ।

एमबाप्पे बिना कमजोर देखिएको पिएसजीले अब उनलाई लामो समय क्लबमा राख्ने प्रयास पक्कै गर्नेछ । तर रियल म्याड्रिडले लामो समयदेखि नजर राखिरहेको र एमबाप्पे आफैं पनि रियल जान इच्छुक रहेकाले पिएसजीलाई सुखद खबर भने नआउन सक्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.