default_image

3 years ago

May 13, 2021

शीर्षस्थानमा एट्लेटिकोको ४ अंकको अग्रता

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो । एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे […]

53 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल फर्काए । खेलको १६औं मिनेटमा यान्निक कारास्कोको गोलबाट घरेलु टोली एट्लेटिकोले अग्रता लिएको थियो । उनले मार्काेस लोरेन्टेको पासमा गोल गरेका थिए ।

२८औं मिनेटमा एन्जल कोरेआले लुइस सुआरेजको पासमा गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ३औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा एट्लेटिकोले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

जितसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ तथा सेभियाको ७४ अंक छ । पराजित सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

अन्य खेल
सेभिया
विरुद्ध भ्योलन्सिया (–०), सेल्टाविरुद्ध गेटाफे (–०) र हुएस्काविरुद्ध एथलेटिको बिल्वाओ (–०)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.