default_image

3 years ago

May 13, 2021

रियल म्याड्रिडलाई ग्रानडाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडले आज राति ग्रानडासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोली ग्रानडालाई हराउँदै रियलला लिगाको उपाधि होडलाई जीवितै बनाउन चहान्छ । ग्रानडालाई हराउन सके रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी २ मा छोट्याउदै उपाधि होडलाई जीवितै राख्न […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडले आज राति ग्रानडासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु टोली ग्रानडालाई हराउँदै रियलला लिगाको उपाधि होडलाई जीवितै बनाउन चहान्छ । ग्रानडालाई हराउन सके रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी २ मा छोट्याउदै उपाधि होडलाई जीवितै राख्न चहान्छ । बराबरी वा हारले रियलको लगातार दोस्रो सिजन च्याम्पियन बन्ने सपना सकिनेछ ।

यो सिजन रोमाञ्चक बनेको ला लिगाको उपाधि होडमा रहेको चार टोलीबीच ६ अंकको मात्रै फरक छ । चौथो स्थानमा रहेको सेभियाको सम्भावना केही न्यु रहँदा बाँकी तीन टोली, एट्लेटिको, बार्सिलोना र रियलको सम्भावना उत्तिकै छ । एट्लेटिको ३६ खेलबाट ८० अंक जोडेर शीर्षस्थानमा रहँदा बार्सिलोना ७६ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको रियलको ७५ तथा चौथो स्थानको सेभियाको ७४ अंक छ ।

घरेलु टोलीविरुद्ध उत्रदा रियललाई रक्षापङ्तिले नै सताउनेछ । ग्रानडा भ्रमणमा प्रशिक्षक जिनेदिन जिदानले चार खेलाडी मात्रै समेटका छन् । चोटका कारण कप्तान सर्जियो रामोस, राफयल भरान, मार्सेलो, लुकास भाज्क्वेज, ड्यानी कार्भाहल, फर्लान्ड मेन्डी टोलीमा रहेका छन् ।

यस्तो अवस्थामा प्रशिक्षक जिदानले क्यास्टिलाका मिगेल गुइटेरेजलाई पहिलो रोजाईमा खेलाउन सक्नेछ । मिडफिल्डर फेडे भाल्र्भेडेलाई पनि डिफेन्डरको रुपमा प्रयोग गर्न सक्नेछ । क्यास्टिलाकै एन्टेनियो ब्लान्को र मार्भिन पार्कलाई प्रशिक्षकले टोलीमा समेटेको छ ।

रियलको रक्षापङ्तिमा इडर मिलिसाओ, नाचो फर्नान्डेस र अल्भारो ओर्डिजोला रहनेछन् । मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो र इस्को रहनेछन् । अग्रपङ्तिमा करिम बेन्जेमा, इडेन हाजार्ड, मार्काे एसेन्सियो, भिनि जुनियर, रोड्रिगो गोएस र मारियानो डियाज रहँदा रियलको पोस्ट थिवाउट कोर्टुवाले सम्हाल्नेछ ।

ग्रानडा त्यही टोली हो जसले क्याटलान क्लब बार्सिलोनालाई दुई साताअघि उसकै मैदानमा पछि परेको अवस्थामा २–१ ले स्तब्ध पारेको थियो । त्यसैले रियल ग्रानडाविरुद्ध सचेत भएर खेल्नेछ ।

यता, ग्रानडा पनि घरेलु मैदानमा हुने खेलमा रियललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनालाई हराएको ग्रानडाले त्यसपछिको दुवै खेलमा हार बेहोरेको छ । ग्रानडा जितको लयमा फर्कन चहान्छ ।

टोलीसँग जर्ग मोलिना, डार्विन माचिस, लुइस स्वारेज, फेडे भिको, म्याक्सिमी गोनालन्स, यान ब्रिस इटेकी, क्वीनी, जर्मन सान्चेज, नेहुइन पेरेज र गोलरक्षक आरोन इस्क्यान्डेल टोलीमा रहेका छन् । यस्तै एन्जल मोन्टोरो, एन्जल हेरेरा, भिक्टर डियाज र डोमिङगस डुआर्टी टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो १५ भेटमा रियल १४ खेलमा विजयी भएको छ । एक खेल ग्रानडाले आफ्नो पक्षमा पारेको छ । सन् २०१३ फेब्रुअरीमा १–० ले पराजित भएयता रियलले त्यसपछिको सबै ११ खेलमा जित निकालेको छ । रियल सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा ग्रानडा रियलसँगको हारको श्रृंखला तोड्न दाउमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.