default_image

3 years ago

May 14, 2021

हालान्ड र सान्चो चम्कदा डर्टमुन्ड जर्मन कप च्याम्पियन

एजेन्सी – युवा स्टारद्धय एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि सानदार जित निकाल्दै जर्मन कप (डिएफवी पोकल) च्याम्पियन बनेको छ । बर्लिनमा बिहीबार राति भएको खेलमा डर्टमुन्डले लाइप्जिगलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । डर्टमुन्डलाई च्याम्पियन बनाउन हालान्ड र सान्चो दुवैले समान २–२ गोल […]

71 views

0 Bookmark

एजेन्सी – युवा स्टारद्धय एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि सानदार जित निकाल्दै जर्मन कप (डिएफवी पोकल) च्याम्पियन बनेको छ ।

बर्लिनमा बिहीबार राति भएको खेलमा डर्टमुन्डले लाइप्जिगलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । डर्टमुन्डलाई च्याम्पियन बनाउन हालान्ड र सान्चो दुवैले समान २–२ गोल गरे । लाइप्जिगका ड्यानियल ओल्मोले एक गोल फर्काए ।

डर्टमुन्ड चार वर्ष जर्मन कपको च्याम्पियन बनेको हो । यसअघि डर्टमुन्ड २०१७ मा च्याम्पियन बनेको थियो । समग्रमा डर्टमुन्डको यो पाँचौ जर्मन कप उपाधि हो । यसअघि डर्टमुन्डले १९६५, १९८९, २०१२ र २०१७ मा उपाधि जितेको थियो । जर्मन कप बायर्न म्युनिखले सर्वाधिक २० पटक जितेको छ ।

खेलको पाँचौ मिनेटमा नै जाडोन सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले मामुद दाहुदको पासमा गोल गरेका थिए । २८औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले कप्तान मार्काे रिउसको पासमा गोल गर्दै डर्टमुन्डको अग्रत दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान रिउसकै पासमा सान्चोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्ड जिततर्फ अग्रसर बन्यो ।

७१औं मिनेटमा ड्यानियल ओल्मोले क्रिस्टोफेर एनकुकुको पासमा गोल गर्दै लाइप्जिगको सम्भावना जीवितै राख्यो । ८७औं मिनेटमा दुई गोल गरिसकेका सान्चोका पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई ४–१ को जित दिलाउँदै च्याम्पियन बनाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.