default_image

3 years ago

May 14, 2021

फिर्मिनो निस्वार्थी फरवार्ड

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तराले ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोजस्तो निस्वार्थी फरवार्ड कहिल्यै नदेखेको बताएका छन् । फिर्मिनोले ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडमाथि ४–२ को जित निकालेको खेलमा दुई गोल गरेका थिए । उनले जनवरीपछि टोलीका लागि गोल गरेका थिए । उनले फिर्मिनोको फिनिसिङ क्षमताको प्रशंसा गर्दै लिभरपुललाई पुर्याएको योगदानको विषयमा आफ्नो सहयात्रीको […]

53 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तराले ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोजस्तो निस्वार्थी फरवार्ड कहिल्यै नदेखेको बताएका छन् ।

फिर्मिनोले ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडमाथि ४–२ को जित निकालेको खेलमा दुई गोल गरेका थिए । उनले जनवरीपछि टोलीका लागि गोल गरेका थिए । उनले फिर्मिनोको फिनिसिङ क्षमताको प्रशंसा गर्दै लिभरपुललाई पुर्याएको योगदानको विषयमा आफ्नो सहयात्रीको निस्वार्थ रुपमा प्रशंसा गरे ।

‘उनी हाम्रो लागि महत्वपुर्ण खेलाडी हुन्,’ थियागोले लिभरपुलको आधिकारिक वेबसाइटमा भने, ‘मलाई लाग्छ उनी मैले आफ्नो जीवनमा देखेको सबभन्दा कम स्वार्थी फरवार्ड हुन् । किनकि उनी सधै आफ्नो टिमको सहकर्मीका लागि उत्तम विकल्पमा पुग्ने प्रयास गर्छन् । उनी एक महान् गोलकर्ता पनि हुन् ।’

ओल्ड ट्राफर्डमा एक गोलले पछि परेको अवस्थामा लिभरपुलको जितमा फिर्मिनोले दुई गोल गर्दा डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरेका थिए । ‘हामी बलियो टोलीसँगै खेल्दै थियौं । उनीहरुले यो सिजन उत्कृष्ट खेल पस्किरहेका छन् । मेरो विचारमा हामीले दोस्रो हाफमा निकै राम्रो खेल्यौ र नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं,’ अलकान्तराले भने ।

यो जितसँगै पाँचौ स्थानमा उक्लिएको लिभरपुलले शीर्षचारमा रहँदै अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । लिभरपुल शीर्ष चारको चेल्सीसँग ४ अंकले पछि छ । लिभरपुलले अझै एक खेल कम खेलेको छ ।

लिभरपुलले शीर्षचारमा पर्न बाँकी रहेको तीन खेलमा जित्नुका साथै तेस्रो र चौथो स्थानमा रहेको लेस्टर सिटी र चेल्सीले अंक गुमाउनु पर्नेछ । यि दुई टोलीले अर्काे साता प्रतिस्पर्धा गर्दैछन् । लिभपुलले वेस्ट ब्रोम, बर्नले र क्रिस्टल प्यालेससँग खेल्न बाँकी छ ।

‘मलाई लाग्छ कि हामी विगतका केही गल्तीलाई सुधार्दै खेलिरहेका छौं । हामी च्याम्पियन्स लिगको नजिक छौं,’ थियागोले भने, ‘अन्त्यमा हामी सबैको एउटै लक्ष्य छ । प्रिमियर लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुनु रहेको छ ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.