default_image

3 years ago

May 15, 2021

चेल्सी र लेस्टर उपाधिका लागि भिड्दै

एजेन्सी – एफए कपको उपाधिका लागि आज राति प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सी र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १० बजे हुनेछ । गत सिजनको उपविजेता चेल्सी लेस्टर सिटीलाई हराउँदै नवौ पटक एफए कपको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८ को च्याम्पियन चेल्सी गत सिजन आर्सनलसँग पराजित भएको थियो । […]

53 views

0 Bookmark

एजेन्सी – एफए कपको उपाधिका लागि आज राति प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सी र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १० बजे हुनेछ ।

गत सिजनको उपविजेता चेल्सी लेस्टर सिटीलाई हराउँदै नवौ पटक एफए कपको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८ को च्याम्पियन चेल्सी गत सिजन आर्सनलसँग पराजित भएको थियो । चेल्सीले १४ पटक फाइनलको यात्रा तय गर्दा ८ पटक उपाधि जित्दा ६ पटक उपविजेता बनेको छ ।

टोलीसँग टिमो वेर्नर, काई हाभर्टज, मासन माउन्ट, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टोनियो रुडिगर, थियागो सिल्भा, आन्द्रेस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । यस्तै ओलभिर जिरुउड, हाकिम जिया, मार्काेस अलन्सो, कोर्ट जोउमा, कलुम हड्सन ओडोई र क्रिस्टियन पुलिसिस टोलीमा रहेका छन् ।

यता, लेस्टर पनि चेल्सीलाई हराउँदै पहिलोपटक एफए कपको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । लेस्टर चार पटक फाइनलमा पुगेपनि च्याम्पियन बन्न सकेको छैन । लेस्टरले पछिल्लोपटक सन् १९६९ मा फाइनल खेलेको थियो ।

टोलीसँग जेमी भार्डी, केलिची इहानाचो, जेम्स म्याडिसन, टिमोथी कास्टाग्ने, युरी टिलेमान्स, विलफ्रेड एनडिडि, रिकार्डाे पेरेइरा, काग्लर सोयोन्कु, जोनी इभान्स, वेस्ले फोफाना र गोलरक्षक कास्पर स्मेइचेल रहेका छन् । यस्तै लुक थोमस, एयोजी पेरेज, मार्क अल्ब्राइटन, हम्जा चौधरी र क्रिस्टियन फुच टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो १७ भेटमा चेल्सी ९ खेलमा विजयी भएको छ । ३ खेल लेस्टरले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा दुवै टोलीले समान १–१ जित हात पार्दा त्यसअघि यि दुई टोलीले बराबरीको नतिजा निकालेको छ । सोही कारण पनि यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यो फाइनल लगत्तै यि दुई टोलीले १८ मार्चको राति प्रिमियर लिगमा ३७औं चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । लेस्टर ६६ अंक जोडेर तेस्रो तथा चेल्सी ६४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.