default_image

3 years ago

May 18, 2021

रियलका क्रुसले बाँकी खेल गुमाउने

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगामा आइतबार एथलेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए । कारण उनी आइसोलेसनमा थिए । परिक्षणपछि उनमा कोरोना संक्रमण पुष्टी भएपछि उनले क्वारिन्टिनमै बस्नु पर्ने भएको छ । रियलले ला लिगामा आइतबार खेल्ने भिल्लारियलविरुद्धको खेलमा क्रुस हुने छैनन् । यसको अर्थ उनका लागि जारी सिजन टुंगिएको छ । जिनेदिन […]

51 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगामा आइतबार एथलेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए । कारण उनी आइसोलेसनमा थिए । परिक्षणपछि उनमा कोरोना संक्रमण पुष्टी भएपछि उनले क्वारिन्टिनमै बस्नु पर्ने भएको छ ।

रियलले ला लिगामा आइतबार खेल्ने भिल्लारियलविरुद्धको खेलमा क्रुस हुने छैनन् । यसको अर्थ उनका लागि जारी सिजन टुंगिएको छ । जिनेदिन जिदानको टोलीमा क्रुस एकरुपताको प्रदर्शन गर्ने मुख्य खेलाडीमा पर्छन् । अन्तिम खेलबाट टोली च्याम्पियन बन्न सफल भएको खण्डमा पनि त्यो समारोहलाई जर्मन मिडफिल्डर घरमै बसेर हेर्नुपर्ने भएको छ ।

रियलले प्रेस विज्ञती जारी गर्दै भनेको छ, ‘क्रुसलाई कोरोना पोजेटिभ देखिएको शुक्रबादेखि नै उनी आइसोलेनमा छन् । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका कारण उनी आइसोलेसनमा थिए ।’

आइतबार एथ्लेटिक क्लबलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावनालाई यथावत राखेको छ । यद्दपी आफूले जितेर मात्र रियल च्याम्पियन हुने अवस्था भने छैन । शीर्षस्थानको एटलेटिको म्याड्रिडको रियलको भन्दा २ अंक बढी छ ।

आइतबार एकै समयमा भएको खेलमा एटलेटिकोले ओसासुनलाई २–१ ले हराएको थियो । सेल्टा भिगोसँग २–१ ले पराजित भएसँगै तेस्रो स्थानको बार्सिलोना भने उपाधि दौडबाट बाहिरिएको छ । एटलेटिकोको ८३, रियलको ८१ र बार्सिलोनाको ७६ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.