default_image

3 years ago

May 20, 2021

नेपालको हवाई खर्च फिफाले बेर्होने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलको यात्रामा निस्कने नेपाली राष्ट्रिय टोलीको हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने भएको छ । विश्व कप तथा एसिया कप छनोटका बाँकी ३ खेल घरेलु मैदानमा खेल्नु पर्ने भएपनि कोरोनाका कारण अन्यत्रै सारेपछि त्यसले चर्को आर्थिक भार […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलको यात्रामा निस्कने नेपाली राष्ट्रिय टोलीको हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने भएको छ ।

विश्व कप तथा एसिया कप छनोटका बाँकी ३ खेल घरेलु मैदानमा खेल्नु पर्ने भएपनि कोरोनाका कारण अन्यत्रै सारेपछि त्यसले चर्को आर्थिक भार पर्न जाने विषयमा एसियली फुटबल महासंघ (एएफसी) र फिफामा पत्रचार गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

‘हामीले कुवेत, चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनविरुद्धको अवे सबै खेल खेलिसकेका थियौं । होममा खेल्नु पर्ने कुवेतविरुद्धको खेल पनि न्युट्रल भेन्यू भुटान गएर खेल्यौं’, अध्यक्ष शेर्पाले भने, ‘होममा खेलाउन नपाउँदा टिकट विक्री देखि अन्य प्रायोजनबाट हुन सक्ने आम्दानी भएन । त्यसमाथि होममा खेल्नुपर्ने बाँकी खेल अयन्त्र सारिएपछि हामीलाई आर्थिक रुपमा ठूलो भार पर्ने भयो ।’

‘यस विषयमा एएफसी र फिफामा सहयोगका लागि आग्रह गरेका थियौं । हाम्रो मर्का फिफाले बुझ्यो । फिफाले हवाई खर्च र टोलीको पिसिआर परिक्षणको खर्च बेर्होन तयार रहेको पत्र प्राप्त भएको छ । यसले एन्फालाई आर्थिक भार कम भयो,’ अध्यक्ष शेर्पाले जानकारी दिए ।

कोरानाको दोस्रो लहरका कारण अहिले नियमित अन्तर्राष्ट्रिय उडान नभएकाले प्लेन चार्टर गर्नुपर्ने बाध्यता छ । चार्टर गर्नका लागि ठूलो खर्च हुने भएकाले नै फिफा र एएफसीमा आग्रह गर्नुपरेको शर्पाले बताए । अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा सम्बन्धित संघले नै खर्च बेहोर्नुपर्ने प्रावधान छ । हवाइ चाटर्डका लागि झन्डै १ लाख ६० हजार अमेरिकी डलर पर्ने देखिएपछि सहयोगका लागि आग्रह गरिएको शेर्पाले जानकारी दिए ।

‘३ वटा एयरलाइन्सको कोटेसन फिफालाई पठाएका थियौं । त्यसमा कतार एयववेजको कोटेसनमा स्वीकृत भयो । नेपाली टोलीलेको कतार एयरवेजबाट ९० हजार अमेरिकी डलरमा दुईतर्फी हवाई यात्रा गर्नेछ । मंगलबार इराक जाने नेपाली टोली त्यहाँ मैत्रीपूर्ण खेल खेलेपछि विश्वकप छनोटका कुवेत पुगेर स्वदेश फर्कनेछ ।

‘भाग्यले अरुले चार्टर गरेको कतार एयरवेजमा हामीले टिकट पायौं । त्यसैले चाटर्डको भन्दा कम मुल्यमा यात्रा हुने भय’, शेर्पाले भने,’२३ खेलाडीसहित ३६ सदस्यीय टोली इराक हुँदै कुवेत जानेछन् । अहिले फिफाले सहयोग नगरेको भए आर्थिक कारणले जान सक्ने अवस्था थिएन ।’

गत वर्ष बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलका लागि भने सेयरिङ कै कारणमात्र सम्भव भएको शेर्पाले बताए । ‘हामीले सुरुमा नियमित उडानमा टिकट बुक गरेका थियौं । तर पछि कोरोनाका कारण सबै उडान बन्द भयो’, उनले भने,’पछि चार्टर गरेर जानुपर्ने अवस्था आयो । त्यसका लागि ४६ लाख रुपैयाँको कोटेसन आयो । त्यत्रो खर्च आफैं गरेर जाने अवस्था थिएन ।’

‘बंगलादेशस्थित नेपाली राजदुतको पहलमा अरुले चार्टर गरेको उडानमा सेयरिङमा जाने आउने वातावरण मिल्यो । त्यति बेला १८ लाख रुपैयाँमा यात्रा सम्भव भएपछि मैत्रीपूर्ण खेल्न गएका हौं,’ उनले थपे ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली इराकविरुद्धको मैत्रीपुर्ण खेल र कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटका बाँकी खेल खेल्नको लागि आउँदो मंगलबार इराक प्रस्थान गर्दैछ । नेपाली टोलीले जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । जेठ १६ गते टोली स्थलमार्ग हुँदै कुवेत जाने एन्फा अध्यक्षले जानकारी दिए । त्यहाँ टोलीले ३ वटा विश्व कप र एसिया कप छनोटका खेल्नेछ ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन ।

अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

यो पनि पढ्नुहोस : राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.