default_image

3 years ago

May 18, 2021

राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो महिना थ्री नेसन्स कप जितेको टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरे । बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाउने क्रममा नै राष्ट्रिय टोलीको ८ खेलाडीलाई बाहिर राखेका […]

154 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो महिना थ्री नेसन्स कप जितेको टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरे ।

बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाउने क्रममा नै राष्ट्रिय टोलीको ८ खेलाडीलाई बाहिर राखेका अलमुताइरीले अन्तिम टोली छनोट गर्दा थप ५ खेलाडीलाई टोलीमा समेटेनन् । उनले यसक्रममा ६ नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा समेटेका छन् । ५ त्यसमध्ये पाँच खेलाडीले त बन्द प्रशिक्षणमा परेको पहिलो पटकमा नै अन्तिम टोलीमा स्थान बनाउन सफल रहे ।

मिडफिल्डरहरु कमल थापा, सुरज जिउ ठकुरी, आयुष घलान, मनिष डाँगी, डिफेन्डर गौतम श्रेष्ठ र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । विशाल यसअघि बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा परेका थिएनन् । बाँकी पाँचले भने पहिलो प्रयासमा नै अन्तिम टोलीको यात्रा तय गरे ।

राष्ट्रिय टोलीमा पहिलोपटक परेका ६ खेलाडी र तिनको विस्तृत परिचय :

विशाल सुनार (गोलरक्षक)

नेपालको लागि उमेर समूहमा यू-१६ र यू-१८ प्रतियोगिता खेलिसकेका सुनारले एनएसएलमा एफसी चितवनको जर्सी लगाएका थिए । भर्खर १८ वर्ष पुगेका उनले आफ्नो प्रदर्शनबाट प्रभाव छाड्न सफल रहेका थिए । लिगको पाँचौ खेलमा पोखराविरुद्ध रेड कार्ड प्राप्त गरेपनि उनले समग्रमा राम्रो प्रदर्शन गरेका थिए ।

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबका लागि उच्च प्रदर्शन गरेका उनी त्यसबेला नै धेरैको नजरमा परेका थिए । आहा गोल्डकपमा मनाङ मर्स्याङ्दीको जर्सी लगाएका उनले अब त्यहिँबाट खेल्ने सम्भावना छ । थ्री नेसन्स कपका लागि तयारीमा रहँदा बन्द प्रशिक्षणमा रहेका उनले आफ्नो खेलमा व्यापक सुधार गरेका छन् । त्यसैले पनि एनएसएल अक्सनमा उनीमाथि ३ टोलीको अधिकतम बोली लागेको थियो ।

गौतम श्रेष्ठ (डिफेन्डर)

त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर गौतमले नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । एनएसएलमा चार खेल खेलेका उनले त्यसअघि आर्मीबाट एएफसी कप छनोट तथा मैत्रीपूर्ण खेलमा किर्गिस्तानविरुद्ध प्रभावशाली प्रदर्शन गरेका थिए । प्रशिक्षक अलमुताइरीले त्यसबेला उनलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए ।

युवा डिफेन्डर गौतम श्रेष्ठले ए डिभिजन लिगमा जावलाखेलबाट खेलेका थिए । उमेर समूहमा सेन्टर डिफेन्स खेल्दै आएका उनी अहिले विंगब्याक पोजिसनमा खेल्ने गर्दछन् । उनी बन्द प्रशिक्षणमा परेको पहिलो पटकमै अन्तिम टोलीमा पर्न सफल भएका हुन् ।

सुरज जिउ ठकुरी (मिडफिल्डर)

मिडफिल्डर सुरज जिउ ठकुरीले नेपाल सुपर लिगमा विराटनगरबाट खेलेका थिए । पहिलो खेल बेन्चमा रहेका उनी दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । पछिल्ला तीन खेलमा भने उनले पुरै समय मैदानमा बिताएका थिए ।

मिडफिल्डमा निकै छरितो सुरज प्राविधिक रुपमा निपुण खेलाडी हुन् । मिडफिल्डमा पास निकाल्नमा दक्ष उनी उमेरले २० वर्ष पुगे  उनले ए डिभिजनमा जावलाखेलका लागि पनि उच्च प्रदर्शन गरेका थिए । पहिलो पटक बन्द प्रशिक्षणमा परेका उनी सिधै अन्तिम टोलीमा पर्न सफल भए ।

आयुष घलान (मिडफिल्डर)

यसै सिजन बि डिभिजन लिगमा खुमलटारबाट खेलेका मिडफिल्डर आयुष घलानले छोटो समयमा नै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले ट्यालेन्ट हन्टमार्फत उनलाई टोलीमा समेटेको थियो । आयुषले एनएसएलमा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक अलमुताइरीले उनलाई सिधै टोलीमा समावेश गरेका हुन् ।

मिडफिल्डमा खेल्ने उनी विंगरको भूमिका पनि निर्वाह गर्छन् । बल कन्ट्रोल निकै उत्कृष्ट रहेको उनको शैली वर्तमान प्रशिक्षकको रणनीतिमा मिलेको देखिन्छ । प्रशिक्षकले एनएसएल दौरान नै खेलपछि उनीसँग पटक पटक छलफल गरेका थिए ।

मनिष डाँगी (मिडफिल्डर)

मनिषको नाम यसअघि सी डिभिजन लिगमा गत सिजन खालीबारी फुटबल क्लबका लागि चर्चामा आएको थियो । त्यसबेला टोलीमा उच्च प्रदर्शन गरेपछि उनले नेपालको यू-१८ टोलीमा स्थान बनाउन सफल रहेका थिए । नेपाल सुपर लिगमा विराटनगरबाट उनले प्रभाव जमाए ।

विराटनगरबाट कमै अवसर पाएपनि उनले आफ्नो प्रतिभा देखाएका छन् । अघिल्लो महिना मोफसलको प्रतियोगितामा थ्री स्टारबाट खेलेका उनले राष्ट्रिय टोलीमा पहिलो पटकमा नै स्थान बनाएका हुन् । खटेर खेल्ने मनिष विंगमा खेल्न रुचाउँछन् । यद्यपि उनलाई आक्रमणमा जुनसुकै पोजिसनमा खेल्ने अनुभव छ ।

कमल थापा (मिडफिल्डर)

कमल थापा नेपाली फुटबलमा नयाँ अनुहार होइनन् । एन्फा एकेडेमीका उत्पादन उनले नेपालका लागि उमेर समूहमा पनि खेलिसकेका छन् । विमल घर्ती मगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडीको ब्याचका उनले घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका छन् । मिडफिल्डमा निकै छरिता उनमा कठिन अवस्थामा पनि उच्च कोटीको पास निकाल्न सक्ने क्षमता छ ।

एनएसएलमा उनलाई पोखरा थन्डर्सले भिषण गुरुङको स्थानमा ल्याएको थियो । भिषणलाई लिगअघि नै कोरोना संक्रमण भएपछि उनी अन्तिम तीन खेलमा उपलब्ध थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपनि उनको खेल्ने शैलीबाट प्रशिक्षक प्रभावित भएर बन्द प्रशिक्षणमा परेका थिए ।

यो पनि पढ्नुहोस : विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा दर्जन खेलाडी परिवर्तन

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.