default_image

3 years ago

May 20, 2021

जब मिडफिल्डरले गोलरक्षक बन्दै प्लेयर अफ द म्याच जिते

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण विश्व फुटबलमा निकै असर परेको छ । केहि समय ठप्प रहेको विश्व खेलकुद बिस्तारै स्वास्थ्य मापदण्ड पालना गर्दै सुचारु भएका छन् । तर यसका बाबजुद संक्रमणको समस्या भने कायम नै छ । अर्जेन्टिनाको शीर्ष डिभिजन क्लब रिभर प्लेटले बुधबार कोरोना संक्रमणका कारण ठूलो समस्या भोग्नु पर्यो । क्लबका खेलाडीमा […]

38 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण विश्व फुटबलमा निकै असर परेको छ । केहि समय ठप्प रहेको विश्व खेलकुद बिस्तारै स्वास्थ्य मापदण्ड पालना गर्दै सुचारु भएका छन् । तर यसका बाबजुद संक्रमणको समस्या भने कायम नै छ ।

अर्जेन्टिनाको शीर्ष डिभिजन क्लब रिभर प्लेटले बुधबार कोरोना संक्रमणका कारण ठूलो समस्या भोग्नु पर्यो । क्लबका खेलाडीमा कोरोना संक्रमण फैलिएपछि खेलाडी र प्रशिक्षक नै संक्रमित भए । दक्षिण अमेरिकाको शीर्ष क्लब प्रतियोगिता कोपा लिबर्टाडोरेसको खेल खेल्नुपर्ने अवस्थामा क्लबले खेल स्थगित गर्न आग्रह गर्यो, तर आयोजकले जसरि पनि खेल्नुपर्ने बतायो ।

रिभर प्लेटको टोलीमा रहेका २० भन्दा बढी खेलाडी संक्रमित थिए जसमा दर्ता भएका ४ गोलरक्षक पनि थिए । आयोजकले जसरी पनि खेल्नुपर्ने बताएपछि रिभर प्लेटले घाइते मिडफिल्डर एन्जो पेरेजलाई गोलरक्षकको भूमिकामा उतार्ने निर्णय लियो । पेरेजसहित जम्मा ११ खेलाडी मात्र उपलब्ध रहेकाले वैकल्पिक खेलाडी पनि टोलीसँग थिएन । पेरेजले ह्यामस्त्ट्रीङ चोटका बाबजुद पूरा समय खेल्नुपरेको थियो ।

बुधबार सान्ता फेविरुद्ध खेल टोलीले २-१ ले जित्यो । र खेलमा प्लेयर अफ द म्याच घोषित भए उनै एन्जो पेरेज । खेलमा रिभर प्लेटले तेस्रो मिनेटमा फाबिरिसियो एन्जिलेरी र छैटौं मिनेटमा जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ७३ औं मिनेटमा पेरेजले गोल खाएका थिए । केभिन ओसोरियोले पेनाल्टी क्षेत्रभित्र भिडभाड हुँदा गरेको फितलो प्रहार गोल भएको थियो ।

यस खेलमा उपस्थित नरहेको भए रिभर प्लेटले ३ अंक गुमाउनुपर्ने हुन्थ्यो । तर जितसँगै टोलीले शीर्ष स्थानमा अग्रता कायम राख्दै अर्को चरणमा छनोट हुने सम्भावना बलियो पारेको छ । रिभर प्लेटको ५ खेलमा ९ अंक हुँदा फ्लुमिनेन्सेको ८ तथा एटलेटिको जुनियरको ६ अंक छ । खेलमा पराजित सान्ता फे भने २ अंकसहित पुछारमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.