default_image

3 years ago

May 20, 2021

अर्जेन्टिनी फरवार्ड अगुएरो बार्सिलोना जाने

एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुइरोलाई अनुबन्ध गर्न नजिक पुगेको हो । सिटीका सर्वाधिक गोलकर्ता (२५८) रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । वेटेभेका अनुसार अगुएरोले ला […]

38 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोना जाने भएका छन् ।

बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुइरोलाई अनुबन्ध गर्न नजिक पुगेको हो । सिटीका सर्वाधिक गोलकर्ता (२५८) रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

वेटेभेका अनुसार अगुएरोले ला लिगा जाइन्ट बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् । उनी बार्सिलोना आएसँगै अर्जेन्टिनाका दुई अन्तर्राष्ट्रिय फरवार्ड अगुएरो र कप्तान लियोनेल मेस्सी क्लब फुटबलमा एक साथ देखिने सम्भावना छ ।

रिपोर्ट अनुसार यि फरवार्डले बार्सिलोना आउन आफ्नो पारिश्रमिक घटाएका थिए । अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिदै आएपनि बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउनेछन् ।

ला लिगामा अगुएरोको यो दोस्रो सिजन हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए । अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटी पुगेका अगुएरोले १० सिजनमा ३८८ खेलमा २५८ गोल गरेका छन् ।

अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नविकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.