default_image

3 years ago

May 21, 2021

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी – सुपरस्टार फरवार्ड रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान र अनुभवी खेलाडीसँगै युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो […]

50 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान र अनुभवी खेलाडीसँगै युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटेका छन् ।

प्रशिक्षक सान्तोषको टोलीमा इंग्लिस क्लब वल्भ्सबाट सबैभन्दा बढी चार खेलाडीले स्थान बनाएका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट समान तीन खेलाडी टोलीमा पर्दा फ्रेन्च क्लब लिलबाट दुई खेलाडी परेका छन् ।

युभेन्टस स्टार रोनाल्डो प्रतिभावान युवा खेलाडीले भरिएको खेलाडीले घेरिएको छ । सोही कराण पोर्चुगललाई युरोकप रक्षा गर्नुपर्ने दवाव छ । सन् २०१६ मा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर उपाधि जितेको पोर्चुगललाई यो सिजन पनि उपाधिको दावेदार टोलीको रुपमा हेरिएको छ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यसपछि १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ । त्यसअघि पोर्चुगलले ४ जुनमा स्पेन र ९ जुनमा इजरायलसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

पोर्चुगल टोली

गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)

डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.