default_image

3 years ago

May 21, 2021

केनलाई भित्र्याउने सिटीको प्रयास

एजेन्सी – ह्यारी केन टोनेनहम छोड्ने मनस्थितिमा पुगेको यसअघि नै सार्वजनिक भइसकेको छ । उनलाई पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले भित्र्याउन चाहिरहेको बुझिएको छ । टोटनहम कप्तान समेत रहेका केन सुरुवा बजार खुलाको लागि प्रतिक्षारत रहेको बेलायतका संचारमाध्यमले जनाएका थिए । केन आफैंले यसै साता अन्तर्वार्तामार्फत आफ्नो भविष्य अहिले प्रष्ट नरहेको उल्लेख गरेका थिए । यद्यपि केन र क्लबका मालिक डानिल लेभीबीच सिजनको अन्त्यपछि क्लब छाड्ने विषयमा मौखिक सहमति भएको बुझिएको छ […]

52 views

0 Bookmark

एजेन्सी – ह्यारी केन टोनेनहम छोड्ने मनस्थितिमा पुगेको यसअघि नै सार्वजनिक भइसकेको छ । उनलाई पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले भित्र्याउन चाहिरहेको बुझिएको छ ।

टोटनहम कप्तान समेत रहेका केन सुरुवा बजार खुलाको लागि प्रतिक्षारत रहेको बेलायतका संचारमाध्यमले जनाएका थिए । केन आफैंले यसै साता अन्तर्वार्तामार्फत आफ्नो भविष्य अहिले प्रष्ट नरहेको उल्लेख गरेका थिए । यद्यपि केन र क्लबका मालिक डानिल लेभीबीच सिजनको अन्त्यपछि क्लब छाड्ने विषयमा मौखिक सहमति भएको बुझिएको छ ।

केनको यो मनसायसँगै सिटीले उनको उपलब्धताको बारेमा चासो खारेको थियो । पछिल्लोपटक केनले गरेको ६ वर्षे सम्झौतामा केनको २ वर्ष टुंगिएको छ । टोटेनहमले चाहेको खण्डमा भने आफ्ना फरवार्डलाई रोक्न सक्छ । तर मोटो रकम आएमा क्लब उनलाई जान दिने पक्षमा पनि छ । उनलाई १ सय ७५ मिलियन युरो खर्चेर खर्च गरेर पनि राख्ने प्रयास हुने आंकलन गरिएको छ ।

केहि सञ्चारमाध्यमले म्यानचेस्टर सिटीले ग्राबिएल जेसससँग केहि रकम थपेर साट्ने योजनामा रहेको पनि उल्लेख गरेका छन् । सिटीले भने केन आबद्ध भएको खण्डमा ब्राजिलियनलाई केहि पछाडि भूमिकामा खेलाउने सम्भवना रहन्छ । सर्जियो अगुएरोले क्लब छाडेपछि सिटी फरवार्डको खोजीमा छ । यसैपनि सिटीले यस सिजन अधिकांश खेलमा फरवार्डविना खेलेको छ ।

प्रिमियर लिग च्याम्पियन सिटीले बोरुसिया डर्टमुन्डका इर्लिङ हालान्ड लिने योजना बनाएको उल्लेख गरिएको छ । तर त्यो संभवाना निकै न्यून देखिन्छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.