default_image

3 years ago

May 22, 2021

रियल र एटलेटिको दुवैले गोल खाए

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधि होडमा रहेका एटलेटिको म्याड्रिड र रियल म्याड्रिड दुवै अन्तिम चरणको खेलको पहिलो हाफमा पछि परेका छन् । रियल घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० ले पछि परेको हो । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा […]

60 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधि होडमा रहेका एटलेटिको म्याड्रिड र रियल म्याड्रिड दुवै अन्तिम चरणको खेलको पहिलो हाफमा पछि परेका छन् ।

रियल घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० ले पछि परेको हो । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोलको दिशा दिएका थिए । उनको अन्तिम प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले बचाउने प्रयास गरेपनि हातमा लाग्दै पोस्टमा छिरेको थियो ।

रियलले पहिलो हाफमा कुनै राम्रो आक्रमण बुन्न सकेको छैन । अन्तिम मिनेटमा क्यासेमिरोको हेडर गोलरक्षक रुल्लिले बचाएका थिए । कप्तान सर्जियो रामोस बेन्चमा रहेको खेलमा रियल डिफेन्समा पनि खासै दबाब खेप्नुपरेको छैन । बल पोसेसनमा रियलको नै धेरै पकड रहेको छ । रियललाई उपाधिको सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने बाध्यता छ ।

यता एटलेटिको पनि घरेलु मैदानमा रियल भालाडोलिडविरुद्ध पहिलो हाफमा १-० ले पछि परेको छ । भालाडोलिडका ओस्कार प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले काउन्टर अट्याकमा मार्कोस डे सौसाले दिएको पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर गोल गरेका थिए ।

आजको खेलमा रियल म्याड्रिडलाई लिग जित्न जितको विकल्प छैन । रियलको जितसँगै एटलेटिकोले अंक गुमाएमात्र रियलले उपाधि जित्नेछ । रियलले बराबरी गरेर एटलेटिको हारेपनि उपाधि एटलेटिकोले नै जित्नेछ । एटलेटिकोको ८३ तथा रियलको ८१ अंक छ । अंक बराबर भएको खण्डमा भने रियलले हेड टु हेड अंकको आधारमा उपाधि जित्नेछ ।

हाफ टाइममा एइबार र बार्सिलोनाबीचको खेल गोलरहित बराबरीमा नै रहेको छ । एल्चेले एथ्लेटिक बिल्बाओविरुद्ध १-० को अग्रता लिँदा सेल्टा भिगो पनि रियल बेटिसविरुद्ध १-० कै अग्रतामा छ । ओसासुना र रियल सोसिडाड तथा हुएस्का र भ्यालेन्सियाको खेलमा गोल भएको छैन ।

खेल सकिएपछिको नतिजा : एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.