5 years ago
May 24, 2021
एजेन्सी – इटालियन क्लब युभेन्टसले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ ।

बोलोग्नाविरुद्ध प्रशिक्षक आन्द्रीए पिर्लोले आक्रमणमा अल्भारो मोराटा र पाउलो डिबालालाई खेलाउँदै रोनाल्डोलाई वैकल्पिकमा राखेका हुन् । रोनाल्डो युभेन्टस आएयता बेन्चमा रहनु परेको यो पाँचौ अवसर हो । युभेन्टसले आजको खेलमा बोलोग्नालाई पराजित गरेर अन्य खेल आफू अनुकुल नतिजा आएमात्र च्याम्पियन्स लिग खेल्नेछ । युभेन्टस हाल अंक तालिकाको पाँचौ स्थानमा छ ।
बोलोग्नाविरुद्ध पिरलोले फेडेरिको किएजा र डेजान कुलुसेभ्सकीलाई विंगमा खेलाएका छन् । मिडफिल्डमा एड्रीएन राबीओट र ड्यानिलो रहेका छन् । डिफेन्समा एलेक्स स्यान्ड्रो र जुआन क्वाडराडो विंग ब्याकमा रहँदा कप्तान जिओर्जियो किएलिनी र म्याथिस डे लिग्ट सेन्टर डिफेन्समा छन् । गोलरक्षकमा वोजचिएक सेचेज्नी छन् ।
बोलोग्नाको मैदानमा उत्रँदा युभेन्टसलाई जित निकाल्नै पर्ने दवाव छ । जित निकाल्न नसकेको खण्डमा युभेन्टस शीर्ष चारबाट बाहिर रहँदै युरोपा लिगमा खुम्चिनेछ । शीर्ष चारको दौडमा रहेको एटलान्टा र मिलानको खेल तथा नेपोलीले हेलास भेरोनाको नतिजाले पनि युभेन्टसको शीर्ष चारको यात्राको बाटो देखाउनेछ ।
बोलोग्नालाई पराजित गर्न सकेको अवस्थामा युभेन्टसको शीर्ष चारको सम्भावना रहनेछ । यस्तो अवस्थामा एटलान्टा र मिलानले बराबरी खेल्दा नेपोलीले बराबरी या हारको नतिजा निकाल्दा युभेन्टस शीर्ष चारमा पुग्नेछ ।
मिलान र नेपोली विजयी भएमा युभेन्टसले एटलान्टासँग अंक बराबरी गरेपनि हेडटु हेडमा युभेन्टस बाहिरिनेछ । युभेन्टसले मिलान र नेपोलीको बराबरी या हार चाहेको छ । बराबरी या हारले युभेन्टस शीर्ष चारबाट बाहिरिनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]