default_image

3 years ago

May 24, 2021

स्पेनको युरो टोलीमा रियल म्याड्रिडका खेलाडी परेनन्

एजेन्सी – नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन् । रामोसको फिटनेसलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको थियो । अन्त्यमा एन्रिकेले स्पेनका लागि १ सय […]

46 views

0 Bookmark

एजेन्सी – नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन् । रामोसको फिटनेसलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको थियो । अन्त्यमा एन्रिकेले स्पेनका लागि १ सय ८० खेल खेलिसकेका डिफेन्डर रामोसलाई टोलीमा समेटेनन् ।

स्पेनको रहेको समूह ‘ई’ मा स्लोभाकिया, स्विडेन र पोल्याण्ड रहेका छन् । स्पेनको सबै खेल सेभिलस्थित ला कार्तुजा ओलम्पिक रंगशालामा हुनेछ । सन् २००८ र २०१२ को च्याम्पियन स्पेन पछिल्लो समय शीर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा संघर्ष गर्दै आइरहेको छ ।

एन्रिकेले युरो उपाधि जित्ने लक्ष्यसहित घोषणा गरेको टोलीमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डे हेया पर्दा चेल्सीका केपा अर्रिजाबलागाले भने स्थान बनाउन सकेनन् । त्यस्तै गत साता मात्र स्पेनिस नागरिकता हात पारेका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्ट भने टोलीमा परेका छन् ।

मिडफिल्डमा बार्सिलोनाका १८ वर्षीय पेड्रीले स्थान बनाउन सफल रहे । बार्सिलोनाका सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि टोलीमा रहेका छन् । युभेन्टसका फरवार्ड अल्भारो मोराटा, पिएसजीका पाब्लो सराबिया, वल्भ्सका एडामा ट्राओरे पनि युरोमा रहनेछन् । ला लिगा विजेता एटलेटिकोबाट कोके र मार्कोस लोरेन्टेले टोलीमा स्थान बनाएका छन् ।

पूर्ण टोली :

गोलरक्षक : उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज

डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा

मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज

फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया

यो पनि पढ्नुहोस : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.