default_image

3 years ago

May 25, 2021

अगुएरो बार्सिलोना जाने पेपको खुलासा

एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो आफ्नो भावी गन्तव्यका बारेमा प्रष्ट पारिसकेका छैनन् । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने अगुएरो बार्सिलोना जाने सम्भावना रहेको बताएका छन् । अर्जेन्टिनीले प्रिमियर लिगको अन्तिम खेलका रुपमा शनिबार एभर्टनविरुद्ध खेलेका थिए । एभर्टनलाई ५–० ले हराउँदा दोस्रो हाफमा मैदान प्रवेश गरेको अगुएरोले २ गोल गरका थिए । […]

41 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो आफ्नो भावी गन्तव्यका बारेमा प्रष्ट पारिसकेका छैनन् । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने अगुएरो बार्सिलोना जाने सम्भावना रहेको बताएका छन् ।

अर्जेन्टिनीले प्रिमियर लिगको अन्तिम खेलका रुपमा शनिबार एभर्टनविरुद्ध खेलेका थिए । एभर्टनलाई ५–० ले हराउँदा दोस्रो हाफमा मैदान प्रवेश गरेको अगुएरोले २ गोल गरका थिए । त्यहि २ गोलले उनी प्रिमियर लिगमा एकै क्लबलाई लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलाले अगुएरोको अबको गन्तव्य बार्सिलोना भएको बताए । ‘सायद मैले गोप्यता भंग गरे होला । सम्भवत उनी मेरो मुटुमा रहेको बार्सिलोनासँग सम्झौताको नजिक रहेका छन्,’ उनले भने, ‘उनी विश्वकै सर्वकालिन उत्कृष्ट खेलाडी लिओनल मेस्सीका साथ खेल्न जाँदैछन् ।’

बार्सिलोनामा उनले निकै रमाइलो गर्ने पनि ग्वार्डिओलाको अनुमान छ । अगुएरोको आबद्धता पछि अहिलको अवस्थाबाट अझै बलियो हुने उनले अनुमान गरे । एभर्टनको खेलपछि अगुएरोको बारेमा बोल्दा ग्वार्डिओलाको आँखामा आँसु थियो । ‘हामी उनलाई एकदम माया गछौं । उनी सबैका लागि विशेष व्यक्ति थिए,’ उनले थपे, ‘हामी उनको श्रोत भर्ना गर्न सक्दैनौं । उनले आफ्नो स्तरियता सधै प्रमाणित गरेका छन् ।’

लिगको अन्तिम खेल सुरु हुनुअघि सम्मानस्वरूप सिटीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए । ६५ औं मिनेटमा रियाद माहरेजको स्थानमा मैदान प्रवेश गरेका उनले चार मिनेटपछि नै गोल गरे । फर्नान्डीन्होले पेनाल्टी क्षेत्र बाहिर खोसेको बललाई अगुएरोले आउटसाइड फुटबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ५ मिनेटपछि अगुएरोले फर्नान्डीन्होकै पासमा दोस्रो गोल गर्न सफल रहे ।

अगुएरोले अन्तिम खेलमा दुई गोल गर्दै वायन रोनीले राखेको प्रिमियर लिग कीर्तिमान समेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए । अगुएरोले समग्रमा १ सय ८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११/१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध उक्त गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । उक्त गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

त्यसयता अगुएरोले सिटीको जर्सीमा थुप्रै उपाधि जितेका छन् । घरेलु फुटबलमा एक पछि अर्को उपाधि जितेका उनले च्याम्पियन्स लिगमा भने सोहि सफलता पाएनन् । अगुएरोसँग अब उक्त लक्ष्य पूरा गर्ने अवसर छ । सिटीले अर्को साता च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग खेल्दैछ ।

अगुएरोले आफैंले भने च्याम्पियन्स लिग सकिएपछि आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् । यद्यपि बार्सिलोनासँग उनको सम्झौता भइसकेको पनि जनाइएको छ । उनले फ्रि ट्रान्सफरमा क्याटलान क्लब जाने निर्णय गरेपनि फाइनलपछि मात्र घोषणा गर्ने भएका हुन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.