default_image

3 years ago

May 29, 2021

अलाबा रियल म्याड्रिडबाट खेल्न आतुर

एजेन्सी – डिफेन्डर डेविड अलाबाले आफू रियल म्याड्रिड खेलाडीका रुपमा मैदान उत्रन आतुर रहेको बताएका छन् । शुक्रबार साँझ रियलसँग औपचारिक सम्झौता गरेका पछि अलाबाले यस्तो धारणा राखेका हुन् । अष्ट्रियन रक्षकले जनवरीमा नै रियलसँग सम्झौता गरेको बताइएपनि औपचारिकता भने शुक्रबार पुरा भएको थियो । जिनेदिन जिदानले प्रशिक्षक पद छाडेपछि रियलले आउने दिनमा कडा चुनौतीको […]

46 views

0 Bookmark

एजेन्सी – डिफेन्डर डेविड अलाबाले आफू रियल म्याड्रिड खेलाडीका रुपमा मैदान उत्रन आतुर रहेको बताएका छन् । शुक्रबार साँझ रियलसँग औपचारिक सम्झौता गरेका पछि अलाबाले यस्तो धारणा राखेका हुन् ।

अष्ट्रियन रक्षकले जनवरीमा नै रियलसँग सम्झौता गरेको बताइएपनि औपचारिकता भने शुक्रबार पुरा भएको थियो । जिनेदिन जिदानले प्रशिक्षक पद छाडेपछि रियलले आउने दिनमा कडा चुनौतीको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ ।

‘मैले विशेष क्लबका लागि त्यस्तै अर्को क्लब छाडे । रियलको अंग हुनु पाएकोमा मलाई साच्चै खुसी छ,’ अलाबाले ट्विट गरेका छन्, ‘म्युनिखमा वर्षौ बिताएपछि नयाँ चुनौतीका लागि म तयार भएको हु । विशेष क्लबको इतिहासलाई निरन्तरता दिन म प्रयास गर्नेछु ।’

अलाबाले महान क्लब रियलबाट पहिलो खेलका लागि प्रतीक्षा गर्न नसक्ने पनि बताएका छन् । उनले भने, ‘सेतो जसईमा रियलका समर्थकहरु बीच खेल्नका लागि आतुर छु । मलाई विश्वास छ अहिलेको अनुभवले सफलताका लागि सहयोग गर्नेछ ।’

स्पेनिस सफल टोली रियलबाट खेल्नु अघि अलाबाले जुन ११ बाट सुरु हुने युरोपिपयन च्याम्पियनसिप खेल्नेछन् । युरोपछि केहि दिनको छुट्टीपछि उनी जुलाईमा रियल फर्कनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.