default_image

3 years ago

May 29, 2021

इराकविरुद्ध गौतम र मनिषको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल […]

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिएका छन् । विंगब्याकमा गौतम र सुमन अर्यालले खेलिरहेका छन् । विकास खवास र दीनेश राजवंशी विकल्पमा छन् ।

मिडफिल्डमा रक्षात्मक भूमिकामा पुजन उपरकोटी रहेका छन् । सन्तोष तामाङ र मनिष डाँगीले उनलाई साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठले खेल्नेछन् ।

विशाल राईसँगै एरिक विष्ट, सुरज ठकुरी र कमल थापा विकल्पमा छन् । आयुष घलान पनि बेन्चमा छन् । आशिष लामा र अभिषेक रिजालसँग सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

यो पनि पढ्नुहोस : प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

डेब्यु गरेका खेलाडीबारे जानकारी :

गौतम श्रेष्ठ (डिफेन्डर)

त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर गौतमले नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । एनएसएलमा चार खेल खेलेका उनले त्यसअघि आर्मीबाट एएफसी कप छनोट तथा मैत्रीपूर्ण खेलमा किर्गिस्तानविरुद्ध प्रभावशाली प्रदर्शन गरेका थिए । प्रशिक्षक अलमुताइरीले त्यसबेला उनलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए ।

युवा डिफेन्डर गौतम श्रेष्ठले ए डिभिजन लिगमा जावलाखेलबाट खेलेका थिए । उमेर समूहमा सेन्टर डिफेन्स खेल्दै आएका उनी अहिले विंगब्याक पोजिसनमा खेल्ने गर्दछन् । उनी बन्द प्रशिक्षणमा परेको पहिलो पटकमै अन्तिम टोलीमा पर्न सफल भएका हुन् ।

मनिष डाँगी (मिडफिल्डर)

मनिषको नाम यसअघि सी डिभिजन लिगमा गत सिजन खालीबारी फुटबल क्लबका लागि चर्चामा आएको थियो । त्यसबेला टोलीमा उच्च प्रदर्शन गरेपछि उनले नेपालको यू-१८ टोलीमा स्थान बनाउन सफल रहेका थिए । नेपाल सुपर लिगमा विराटनगरबाट उनले प्रभाव जमाए ।

विराटनगरबाट कमै अवसर पाएपनि उनले आफ्नो प्रतिभा देखाएका छन् । अघिल्लो महिना मोफसलको प्रतियोगितामा थ्री स्टारबाट खेलेका उनले राष्ट्रिय टोलीमा पहिलो पटकमा नै स्थान बनाएका हुन् । खटेर खेल्ने मनिष विंगमा खेल्न रुचाउँछन् । यद्यपि उनलाई आक्रमणमा जुनसुकै पोजिसनमा खेल्ने अनुभव छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.